काठमाडौं आइपुग्यो सगरमाथाको उचाई नाप्ने टोली

134

जेठ १०,
काठमाडौँ । सगरमाथाको उचाई नाप्ने प्रयोजनका लागि सगरमाथा पुगेको टोली काठमाडौं फर्किएको छ । सगरमाथाको उचाई नाप्न सगरमाथाको चुचुरो पुगेर फर्किएको टोलीलाई शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मन्त्रालयमा स्वाग गर्नुभएको छ । उहाँले ६ महिनाभित्र नेपाल आफै‌ंले मापन गरेको सगरमाथाको वास्तविक उचाई प्राप्त हुने बताउनुभयो ।

सगरमाथा नाप्न नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको टोली चैत ३ गते सगरमाथातर्फ प्रस्थान गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुभकामना लिएर पुगेको टोलीलाई वैशाख २८ गते भूमिसुधार मन्त्री पद्मा अर्यालले सगरमाथाको आधार शिविर (बेसक्याम्प) मै पुगेर बिदाई समेत दिनुभएको थियो ।