Thursday, July 16, 2026
Home Blog Page 1565
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) परिश्रम गरेअनुशार प्रतिफल प्राप्त नहुने हुनाले काम गर्न मन लाग्ने छैन । अरुकै लहैलहैमा लाग्नाले पढाइ लेखाइमा भनेजस्तो नतिजा आउने छैन भने प्रतिष्पर्धिहरु हावि हुनेछन् । व्यापारमा प्रशस्त समय दिएपनि भनेजस्तो आम्दानी नहुने हुदा आर्थिक पाटाहरु बिग्रनेछन् । दाजुभाई सँग मनमुटाव बढ्नेछ भने सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ खानपानमा ध्यान लिनुहोला । प्राकृतिक स्रोत साधनको प्रयोग...
नेपाल समाचारपत्र जेठ १२, काठमाडौं । ह्याँ आमा, जहिले यै मासुभात, तरकारी किनेर खानसक्ने दिन कैले आउँछ हाम्रो
जेठ ११, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मिडिया काउन्सिल विधेयक विवादित बनेकाले सबैलाई मान्य हुनेगरी परिमार्जन गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । उनले विधेयकका बारेमा धेरै नकारात्मक कुरा बाहिर आइरहेकाले परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिए । प्रेस सङ्गठनले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले भने, “विवाद र विमत्ति रहेकै अवस्थामा...
एजेन्सी, जेठ ११, नयाँ दिल्ली । भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुन गान्धीमाथि राजीनामा नदिन पार्टीभित्रैबाट दबाब परेको छ। दिल्लीमा जारी पार्टीको केन्दीय कार्यसमिति बैठकमा राहुललाई राजीनामा फिर्ता लिन दबाब आएको हो। भर्खरै सम्पन्न लोकसभा निर्वाचनमा नराम्रो पराजयपछि राहुलले विपक्षी गठबन्धन यूपीए अध्यक्ष सोनिया गान्धीसमक्ष राजीनामा पत्र पेश गरेका थिए। उनको राजीनामा माथि केन्द्रीय कार्यसमिति बैठकमा छलफल चलिरहेको भारतीय सञ्चारमाध्यमले जनाएको...
जेठ ११, काठमाडौँ । नेपाली सेनाको उदयपुरस्थित कालिसिद्धी गणका प्रमुख सेनानी केशवराज कार्की आर्थिक अनियमिततामा मुछिएपछि बर्खास्तीमा परेका छन् । जनरल समरी सैनिक अदालतले कार्कीलाई दोषी ठहर गर्दै सेवाबाट बर्खास्त गरेर ३ महिना कैद र अनियमितता भए बराबरको रकम फिर्ता गराउन शुक्रबार आदेश दिएको हो । आदेशलगत्तै उनलाई केन्द्रीय कारागार (जगन्नाथदेवल) चलान गरिएको स्रोतले बतायो ।नेपाली सेनाको जंगीअड्डा स्रोतका अनुसार कार्कीले...
जेठ ११, रामेछाप । रामेछापको गुम्देलमा केन्द्रविन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको छ । शनिबार बिहान ११ बजेर २ मिनेट जाँदा रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
बीबीसी, जेठ ११, काठमाडौँ ।भारतमा एउटा विद्यालयमा भएको आगलागीको घटनामा कम्तीमा १९ जना विद्यार्थी मारिएको अधिकारीहरूले बताएका छन्। देशको पश्चिमी शहर सूरतस्थित ट्यूशन कक्षा स‌ंचालन भैरहेको सो भवनको झ्यालबाट कालो धुँवाको मुस्लो निस्किरहँदा विद्यार्थीहरू त्यहाँबाट हाम्फालेका वा खसेका दृश्य देखिएको थियो। गुजरात राज्यका मुख्यमन्त्री विजय रुपाणीले आगलागीको घटनाबारे छानविन गर्न आदेश दिएका छन्। र तीन दिनभित्र एक प्रतिवेदन प्रस्तुत गरिने...
नयाँ पत्रिका, जेठ ११, काठमाडौँ । संसारकै सर्वोच्च शिखर सगरमाथा । नेपालका लागि मात्रै नभएर संसारकै लागि पनि रोमाञ्चक प्राकृतिक सम्पदा । अझ आरोहीका लागि त पवित्रस्थल, जहाँ संसारभरका आरोहीले पुग्ने सपना देख्छन् । त्यही सपना पछ्याउँदै यो वसन्त ऋतुमा संसारभरका आरोही सगरमाथा क्षेत्र पुगेका छन् । समुद्र सतहबाट आठ हजार आठ सय ४८ मिटरको यो शिखर उत्तरी र दक्षिणी मोहडाबाट चढ्न सकिन्छ । उत्तरी...
एजेन्सी, जेठ ११, काठमाडौँ । भारतीय लोकसभा निर्वाचनको मतगणना सकिएको छ। कुल ५४२ सिट क्षेत्रमा भएको चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले ३०३ सिट जितेको छ। यो नतिजासँगै वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी फेरि पाँच वर्षका लागि प्रधानमन्त्री बन्ने भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार आउँदो साता उनको शपथ ग्रहण कार्यक्रम छ। पुनः प्रधानमन्त्री बन्न उनले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका...
जेठ १०, काठमाडौँ । फिल्म ‘प्रेम गीत ३’ मा मुख्य नायिका बन्नका लागी २ हजार ७ सय १४ जना युवतीले आवेदन दिएका छन् । आसुसेन फिल्म्स प्रोडक्सनले फिल्मको मुख्य क्यारेक्टर गीतका लागी आसुसेन फिल्मस डट कम तथा आसुसेनको अफिसियल इमेलमा इच्छुकहरुबाट आबेदन मागेको थियो । आवेदन दिएकाहरु मध्येबाट उत्कृष्ट २५ जना युवतीलाई अडिसनका लागि छनौट गरिएको छ । निर्माता तथा...