हङकङमा ‘च च हुई’ गर्दै आर्यन

67

जेठ १०,
काठमाडौँ । साम्तेन भुटियाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘च च हुई’ को छायांकन यतिबेला हङकङमा भइरहेको छ । निर्माण टिम एक हप्ते शूटिङ सेडुअल लिएर हङकङ पुगेको हो । साम्तेनले यसअघि तान्द्रो, अनागत, सुस्केरा र साढे सात फिल्म निर्देशन गरेका थिए । आफूले यतिबेला कर्मसियल फिल्म निर्माण गरेका साम्तेन बताउँछन् । यो फिल्मको छायांकन नर्थ पोइन्ट, जोर्डन, गार्डेन हिल लगायतका रमणीय स्थलमा हुने बताइएको छ ।

फिल्ममा आर्यन सिग्देल , माओत्से गुरुङ र भोलाराज सापकोटा साथै छायांकार सुशन प्रजापति , निर्देशक साम्तेन भुटिया , निर्माता अमृत घोले लामा लगायत हङकङ पुगेका छन् । सिजन दाहाल र सन्देश अर्यालले लेखेका लेखेको फिल्ममा फिल्ममा पछिल्लो समयका चर्चित संगीतकार राजनराज शिवाकोटी र रोशन थापाको संगीत रहने छ । फिल्मलाई कमेडी जानरामा तयार पारिरहेको निर्देशक साम्तेन भुटियाले बताए ।