Friday, July 17, 2026
Home Blog Page 1532
बीबीसी, जेठ २६, काठमाडौँ । इन्टरनेटबारे विगतदेखि नै एउटा अवधारणा व्याप्त छ । त्यो के भने इन्टरनेटको प्रयोग मुख्यत अन्तरङ्ग गतिविधिको लागि गरिन्छ । त्यो धारणा कत्तिको सही छ ? केही हदसम्म यसमा सत्यता नभएको होइन तर यो भनाई पुरै गलत भने होइन । तथ्याँकअनुसार पछिल्लो समय इन्टरनेटमा सर्च गरिने सातमध्ये एउटा विषय पोर्नको बारेमा हुन्छ । यो सामान्य कुरा...
बीबीसी, जेठ २६, काठमाडौँ । उत्तरी जर्मनीका दुईवटा अस्पतालहरूमा ८५ जना विरामीहरूको हत्या गरेको अभियोगमा दोषी ठहर भएका एकजना पूर्व पुरुष नर्सलाई आजीवन कैदको सजाय सुनाइएको छ। न्यायाधीश सेब्यास्टियन ब्युर्मेनले ती अभियुक्त नील्स हुगलको कार्यलाई ‘ सामान्य बुझाइ भन्दा बाहिर रहेको’ बताएका छन्। यसअघिनै दुईजनाको हत्या गरेको अपराधमा सजाय काटिरहेका हुगलले सन् १९९९ देखि २००५सम्म उनको संरक्षकत्वमा रहेका मानिसहरूलाई मुटु रोग...
जेठ २६ न्यूयोर्क। संयुक्तराज्य अमेरिकाको न्यूयोर्कस्थित लङ आइल्यान्डमा एउटा सानो हवाई जहाज दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । म्याकआर्थर विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ बजे उडेको बीचक्राफ्ट ए३६ विमान साउथहोल्डमा करिब ९ बजेर १५ मिनेटमा दुर्घटनाग्रस्त भएको संघीय नागरिक उड्डयन कार्यालयले बताएको छ ।विमानमा सवार एक पुरुष र एक महिलाको मृत्यु भएको...
जेठ २६, काठमाडौँ । सरकारले संसद्‍मा दर्ता गराएको गुठीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकको विरुद्ध काठमाडौंको माइतीघरमा भइरहेको विरोध प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीबीच झडप भएको छ । उक्त विरोध कार्यक्रममा काठमाडौं‌ उपत्यकामा रहेका विभिन्न प्राचिन गुठीका गुठियारहरुको सहभागिता थियो ।प्रहरीले प्रदर्शनकारीलाई हटाउनका लागि पानीको फोहरासहितको बल प्रयोग गरेको छ। प्रहरीसँगको झडपमा परी केही प्रदर्शनकारी घाइते समेत भएका छन्।गुठी सम्बन्धी संशोधन विधेयक...
जेठ २६, काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ सदावहार जीवन बीमा योजना’ सार्वजनिक गरेको छ। यसअघि कम्पनीले ‘घातक रोग सुविधा योजना’ नामको योजना ल्याएको थियो। कम्पनीले आजैदेखि लागू हुने गरी ‘सदावहार जीवनका लागि सदावहार जीवन बीमा योजना’ भन्ने नाराका साथ नयाँ स्किम ल्याएको हो। कम्पनीले आफ्ना उच्च अधिकारी र एजेण्टहरूको उपस्थितिमा नयाँ बीमा योजना सार्वजनिक गरेको हो।...
जेठ २६, काठमाडौँ । आइतबार बिहान आठ बजे नेपाल एयरलाइन्सको एयरबस ३२०–२०० जहाज काठमाडौंबाट भारतको नयाँ दिल्ली जाने तालिका थियो। जहाज सबै तयारी पूरा गरी ट्याक्सी वेमा पुग्यो। तर अचानाक रोकियो। ट्याक्सी वेमा जहाज रोकिएपछि विमानस्थलको नियन्त्तण कक्षमा सूचना आयो आइआरएस९इन्टर्नल रिफ्रेन्स सिस्टम० अन नभएकाले केही समय लाग्ने। ‘त्यसपछि हामी त छक्क प¥यौ, उडानभन्दा ठिक अघि विभिन्न...
जेठ २६, मेलम्ची– सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित विन्जेलमा झाडापखलाको महामारी फैलिएको छ । झाडापखलाका कारण एकै गाउँका ५० बढी बिरामी भएका छन् । केहीको स्थिति गम्भीर रहेको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए ।विरामीको खाडिचौरस्थित सिन्धु सदाबहार अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ । अस्पतालको एउटै शय्यामा तीनजनासम्म विरामी राखेर उपचार भइरहेको स्थानीय मिलन सुवेदीले जानकारी दिनुभयो...
जेठ २६, काठमाडौं । रौतहटको गौर नगरपालिकाका प्रशासकीय अधिकृत रहेका उपसचिव सुमनकुमार कार्कीलाई खटाएको ठाउँमा हाजिर नभएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई महिनाका लागि निलम्बन गरेको छ । मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले हस्ताक्षर गरेको निलम्बन पत्रमा जेठ १ गते सरुवा गरे पनि कार्कीले अटेर गरेको उल्लेख गरेको छ।मन्त्रालयले गौर नगरपालिकाबाट सरुवा गरी कार्कीलाई दार्चुलाको शैल्यशिखर...
जेठ २६, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली युरोपका विभिन्न मुलुकको भ्रमणका क्रममा केही बेरअघि कतारको दोहाबाट स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओली जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकी समारोहमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युरोप भ्रमणमा हुनुहुन्छ ।प्रधानमन्त्री ओलीले सोमाबार जेनेभामा आयोजना हुने आइएलओको शतवार्षिकी समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय श्रम सङ्गठनसँगको...
जेठ २६, काठमाडौँ । माल्दिभ्सको औपचारिक भ्रमणपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आइतवार श्रीलंका पुगेका छन् । मोदीलाई श्रीलंकाका समकक्षी रनिल विक्रमसिंघेले कोलम्बोमा स्वागत गरे । मोदीले र विक्रमसिंघेसँग औपचारिक भेट गर्नेछन् । प्रधानमन्त्री मोदीले भ्रमण अघि गत अप्रिल २१ गते इस्टर सन्डेको दिन भएको आतंककारी हमलाबाट गुज्रिएका श्रीलंकाको सरकार र जनतासँग आफू सँगै भएको सन्देश दिएका थिए ।आतंककारी...