कान्तिपुर दैनिक
जेठ २७, काठमाडौँ । सरकारमै बसेर राजनीतिक मुद्दा उठाउने या बाहिरिएर आन्दोलनमा जाने भन्नेमा समाजवादी पार्टीभित्र दुई धार देखापरेको छ । सार्वजनिक रूपमा पार्टी अध्यक्ष उपेन्द्र यादव र परिषद् अध्यक्ष बाबुराम भट्टराईले सरकार छाडेर आन्दोलनमै जाने संकेत गरिरहेका छन् । अनौपचारिक तहमा भने यादव तत्काल सरकार छाड्ने मनस्थितिमा छैनन् । भट्टराई पार्टीले उठाएका राजनीतिक मुद्दालाई स्थापित गराउन सडक आन्दोलनमै जानुपर्ने...
नवराज मैनाली ( नयाँ पत्रिका)
जेठ २७, काठमाडौं । सिपाहीलाई बिदामा पठाएर उनीहरूको रासनको पैसा खाएको आरोपमा सशस्त्र प्रहरीका डिआइजी कारबाहीमा परेका छन् । सुनसरीस्थित नम्बर १ बराह बाहिनीका डिआइजी मन्दीप श्रेष्ठसहित आधा दर्जन अधिकारीमाथि सशस्त्रले कारबाही सुरु गरेको हो । बाहिनीकै प्रहरीले गरेको उजुरीका आधारमा एआइजी नारायणबाबु थापा नेतृत्वको समितिले गरेको छानबिनमा अनियमितता भएको पुष्टि भएको थियो । समितिले केही दिनअघि...
गोपाल साउद्र ( नयाँ पत्रिका)
काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत रोजगारीका लागि दक्षिण कोरिया जान यस वर्ष ८४ हजार दुई सय १४ जना युवा भाषा परीक्षामा सहभागी भएका छन् । शनिबार र आइतबार काठमाडौंका २१, ललितपुरका सात र पोखराका चार गरी ३२ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । सन् २०२० मा कोरिया जान गत चैतमा ९२ हजार तीन सय ५६ जनाले...
ईश्वरराज ढकाल ( नेपाल समाचारपत्र)
जेठ २७, काठमाडौं । सरकारले आफ्नो स्वामित्वमा भवन नभएका र पढाउने विषय यकिन नभएका तीन प्राविधिक शिक्षालयलाई नमुना घोषणा गरेको छ । समाचारस्रोतका अनुसार शिक्षा मन्त्रालयको दबाबमा प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद् (सिटिइभीटी) ले महोत्तरीको बर्दिवासस्थित खयरमारामा निर्मल लामा प्राविधिक शिक्षालय, चितवनको माडीमा दिवाकर प्राविधिक शिक्षालय र दाङमा कृष्ण सेन प्राविधिक शिक्षालयलाई कक्षा...
सुरेश तामाङ (नेपाल समाचारपत्र)
जेठ २७, काठमाडौं । समाज कल्याण परिषद् खारेज हुने भएको छ । सरकारले परिषद् खारेज गरी सामाजिक विकास ऐन मस्यौदा ल्याउन लागेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उच्च स्रोतले जनायो । उक्त स्रोतका अनुसार एक महिनाभित्र मन्त्रिपरिषद्मा ल्याउने गरी प्रधानमन्त्री कार्यालयले कार्ययोजना तोकेको छ भने त्यसको मस्यौदा तयार भइसकेको छ । प्रस्तावित मस्यौदामा परिषद्को...
जेठ २६,
काठमाडौं ।कोरिया सरकारले इपिएसअन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजानेछ ।सन् २०१९ को कोरियाली भाषा परीक्षामा ८४ हजार २१५ परीक्षार्थी सहभागी भएका छन् । काठमाडौँ, ललितपुर र पोखरामा हिजो र आज एकैसाथ सञ्चालन भएको...
एजेन्सी, जेठ २६,
काठमाडौँ । अमेरिकी इतिहासमा सबैभन्दा खुङ्खार ‘सिरियल किलर’ ७९ वर्षीय सैम्युल लिटिलले अन्य पाँच महिलाको हत्या गरेको स्वीकारेका छन् । यसअघि उनले हत्या गरेको महिलाको संख्या ६० बढी रहेको प्रहरीले अनुमान गर्दै आएको थियो । उनले पछिल्लो चार दशकमा ती महिलाहरुको हत्या गरेका हुन् । उनै ‘सिरियल किलर’ सैम्युल दावी गर्दै भनेका छन्, ‘मैले ९० भन्दा बढी...
जेठ २६,
काठमाडौँ । भारतीय गायिका नेहा कक्करको कन्सर्टमा विवाद भएको छ। आयोजकले क्षमताभन्दा टिकट विक्री गरेपछि कन्सर्ट विवादमा परेको हो। क्षमताभन्दा बढी टिकट बेचेर दर्शकलाई दुःख दिएको र लापरवाही गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडाैंले कार्यक्रम आयोजकका ३ सदस्यलाई नियन्त्रणमा लिएको छ। परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले क्षमताभन्दा बढी टिकट विक्री गरेर लापरवाही गर्ने आयोजकका ३ जना सञ्चालकलाई...
जेठ २६
काठमाडौँ । अघिल्लो हप्ता काठमाडौँको सुन्धारामा एउटा निजी कार र ट्याक्सी ठोक्कियो । क्षतिपूर्तिको विवाद महानगरीय ट्राफिक प्रहरी महाशाखासम्म आइपुग्यो । उक्त दुर्घटनामा परेको कारका चालकले मादक पदार्थ सेवन (मापसे) गरेका थिए । उनले दायाँ बायाँ नहेरी एकसुरमा हुइँक्याउँदा ट्याक्सी ठोक्किन आएको प्रहरीको विश्लेषण छ । दुर्घटनाको गुनासो सुन्ने शाखाका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले कार चालकको...
जेठ २६
सुर्खेत। नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले इतिहास भजाएर मात्रै काङ्ग्रेसलाई अब जनताले विश्वास नगर्ने बताउनुभएको छ । “काङ्ग्रेसले आफूलाई विधिअनुसार नचलाएमा, नयाँ संरचनामा नलगेमा र आन्तरिक कलह समाप्त नपारेसम्म जनताको मन जित्न सम्भव छैन्”, उहाँले भन्नुभयो, “इतिहासलाई भजाएर मात्रै हुँदैन, हामी आफू पनि सच्चिन तयार हुनुपर्छ ।”पूर्वमहामन्त्रीसमेत रहनुभएका नेता सिंहले वीरेन्द्रनगरमा आज आयोजित कार्यकर्ता भेटघाटमा पार्टीभित्र सुधार गरेर...









