Monday, September 28, 2026
Home राजनीति बेलायतमा प्रधानमन्त्रीलाई नेपाली राष्ट्रिय गानमा गोरखा सैनिकको सलामी

बेलायतमा प्रधानमन्त्रीलाई नेपाली राष्ट्रिय गानमा गोरखा सैनिकको सलामी

518

जेठ २९,
काठमाडौँ । यूरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलायतमा रहेका गोरखा सैनिकहरूले सलामी अर्पण गरेका छन्। प्रधानमन्त्री ओली मंगलबार संयुक्त राज्य बेलायतको काम्बर्ली स्थित रोयल मिलिटरी एकेडेमीमा रहेको गोरखा ब्रिगेडको मुख्यालयमा पुगेका थिए। नेपाली राष्ट्रिय गान बजाएर उनलाई सलामी दिइएको थियो ।

उनलाई ’ब्रिगेड’मा रहेका गोरखा सैनिकले गार्ड अफ अनर प्रदान गरेका हुन्। त्यसअघि प्रधानमन्त्री ओलीले समकक्षी थेरेसा मेसँग भेट गरी गोरखा सैनिक सम्बन्धी सहमति भएको त्रिपक्षीय सन्धिको पुनरावलोकनको प्रस्ताव राखेका थिए।
प्रधानमन्त्री ओली बुधबार फ्रान्स जाँदैछन् । १९ वर्षपछि नेपालका प्रधानमन्त्री बेलायत भ्रमणमा गएका हुन् । जहाँ उनले प्रधानमन्त्री मेदेखि युवराजसँग समेत भेटघाट गरेका छन् ।