कुमारीका लगानीकर्तालाई २१.२५ प्रतिशत बोनस

90

जेठ २९,
काठमाडौँ । कुमारी बैंकको स्थापना २०५७ साल २१, चैत्रमा भएको हो । यस बैंकले स्थापना कालदेखि नै बैंकिङ सेवा प्रवाह गरिरहेको छ । स्थापना कालदेखि नै नेपालको बैंकिङ क्षेत्रमा आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । कुमारी बैंकले हालै एकैपटक दुई अर्थिक वर्षको साधारण सभा सम्पन्न गरेको छ । बैंकले १७औं र १८औं साधारण सभा एकैपटक गरेको हो । साधारण सभाले सेयरधनीहरूलाई आव २०७३÷७४ का लागि १२ दशमलव ७५ प्रतिशत बोनस सेयर र आव २०७४÷७५ का लागि ८ दशमलव ५० प्रतिशत बोनस सेयर गरी जम्मा २१ दशमलव २५५ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस सेयर जारी गरेपश्चात् यस बैंकको चुक्ता पुँजी ८ अर्ब ६८ करोड हुने बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०७५÷७६ को चैत मसान्तसम्म बैंकले कुल ७७ अर्ब २९ करोड रुपैयाँ संकलन गरेको छ भने ७३ अर्ब २४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले यस अवधिमा १ अर्ब ४२ करोड मुनाफा तथा १ अर्ब रुपैयाँ खुद मुनाफा कमाउन सफल भएकोे छ ।

त्यसैगरी, यही ८ जेठमा कुमारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको थियो । बैंकले जारी गरेको नयाँ ब्याजदरमा मुद्दती निक्षेपमा यस अघिदेखि कायम भएको ब्याजदर रहेको छ । जसमा व्यक्तिगततर्फ ९ दशमलव २५ र संस्थागततर्फ ८ दशमलव ५० प्रतिशत रहेको छ । बैंकले बचत खातामा न्यूनतम २ दशमलव ५० देखि ६ दशमलव ५० प्रतिशतसम्म ब्याजदर रहेको छ । त्यस्तै, बैंकको सो नयाँ ब्याजदरमा ओभरड्राफ्ट कर्जाका लागि ६ प्रतिशतमा ऋण दिने उल्लेख छ । त्यस्तै, बैंकले होम लोनमा ८ प्रतिशत, शिक्षा लोनमा ८ प्रतिशत तथा अटोमा ८ प्रतिशतमा कर्जा उपलब्ध गराउन दिने जनाएको छ । हाल बैंकको बेसरेट ११ दशमलव शून्य ४ प्रतिशत रहेको छ । त्यस्तै, बैंकले विभिन्न खालका बचत खाता, कर्जासम्बन्धी खाता सञ्चालन गरेको छ । यस बैंकले शैक्षिक, व्यवसायी घरजग्गा, कृषि, ऊर्जालगायतका विभिन्न क्षेत्रमा कर्जा लगानी गरेको छ ।

त्यस्तै, कुमारी बैंकले सगरमाथाको फेदमा एटीएम सेवा सुचारु गरिसकेका छ । सगरमाथा आरोही, पर्यटक तथा स्थानीयको दैनिक आर्थिक कारोबार सहजीकरण गर्ने उद्देश्यले सोलुखुम्बुको दिङबोचेमा एटीएम सुविधा सुचारु गरेको बैंकले जनाएको छ । बैंकको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४, दिङबोचे, सोलुखुम्बुस्थित ४ हजार ४१० मिटर उचाइमा अवस्थित सो एटीएम देशकै सबैभन्दा उचाइमा रहेको एटीएम हो । खुम्बु क्षेत्रका पदमार्गी पर्यटकलगायत स्थानीय बासिन्दालाई नगद बोकेर हिँड्ने झन्झटबाट मुक्ति दिलाउँदै, कुमारी बैंक देशकै सबैैभन्दा उच्च स्थानमा एटीएम राख्ने पहिलो बैंक बन्न सफल भएको छ ।
हालसम्म कुमारी बैंकले देशभर रहेका ९० शाखा, ८४ एटीएम, तीन एक्टेनसन काउन्टरलगायत तीनवटा शाखारहित एकाइमार्फत अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । बैंकले काठमाडौं उपत्यकाभित्र र बाहिर गरी ८८ शाखा सञ्जाल, ८३ एटीएम, तीन एक्स्टेन्सन काउन्टरका साथै तीनवटा शाखारहित बैंकिङ एकाइमार्फत देशभरि आफ्ना ग्राहकलाई सेवा बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

त्यस्तै, कुमारी बैंकले वित्तीय सेवासहित सामाजिक उत्तरदायित्वअन्तर्गत पनि विभिन्न काम गरिरहेको छ । बैंकले काठमाडौं महानगरपालिका (१ कमलपोखरीस्थित कमल आधारभूत विद्यालयका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरेको छ । बैंकले सो विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययनरत विपन्नवर्गका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरेको छ । बालबालिकाको गुणस्तरीय आधारभूत शिक्षामा टेवा पु¥याउने उद्देश्यका साथ बैंकले पाठ्यपुस्तक वितरण गरेको हो ।