Wednesday, July 22, 2026
Home Blog Page 1491
असार ८, काठमाडौँ । अब भारत जान नेपालीका लागिपनि भिसा आवश्यक पर्ने भएको छ । भारतस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत जाने नेपालीहरुका लागि भारतको भिसा आवश्‍यक पर्ने सूचना जारी गरेको हो । सूचनामा भनिएको छ, चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत प्रवेश गर्ने नेपालीहरुका लागि भारतको भिसा आवश्‍यक पर्ने जानकारी प्राप्त भएकोले...
एजेन्सी, असार ८, चेङदु । चीनको दक्षिणी क्षेत्रमा आएको भूकम्पका कारण कम्तीमा १९ जना घाइते भएका छन् । सिचुवान प्रान्तको क्वाङ्क्षीन क्षेत्रमा शनिबार ५.४ म्याग्नीच्युडको भूकम्प आएको स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । घाइतेहरु सबैलाई उपचारका लागि तत्कालै नजिकैका अस्पतालहरुमा लगिएको छ । घाइतेहरुमध्ये कसैको पनि अवस्था गम्भीर र चिन्तजनक नभएको पनि उपचारमा संलग्न चिकित्सकहरुले जनाएका...
असार ८, काठमाडौँ । फिल्म ‘रातो टिका निधारमा’को छायाँकन सकिएको छ । अशोक शर्माको निर्माण तथा निर्देशन रहेको फिल्मको छायाँकन २९ दिनमा सम्पन्न भएको हो । फिल्मको सम्पूर्ण जसो छायाँकन झापा र काठमाडौँमा गरिएको छ । कलाकारको साथ, सहयोग र मौसमको कारणले समयमै फिल्मको छायाँकन सकिएको निर्माता तथा निर्देशक शर्माको भनाई छ । फिल्मको शिर्ष गीत केहि सातामै सार्वजनिक गरिने...
असार ८, कैलाली । धनगढीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका-१५ उर्मागाउँ बस्नेहरु २५ वर्षीय फट्टुलाल चौधरी, २३ वर्षीय बिजय चौधरी र सोही उपमहानगरपालिका-७ मनेहरा बस्ने २५ वर्षीय झगरु चौधरी रहेका छन् । बालिकालाई फकाएर से.१ प ३०७४ नम्बरको मोटरसाइकलमा जंगलमा लगेर जबरजस्ती करणी गरेको...
असार ८, जाजरकोट । दुई हप्तादेखि टाइफाइड र ज्वरोको बिरामीको सङ्ख्या बढेपनि डोल्पा अस्पतालमा औषधि नहुँदा समस्या भएको छ । टाइफाइड जाँच गर्नका लागि आवश्यक पर्ने किट (हुइडल पेष्ट रियाजेन्ट ) नहुँदा समस्या उत्पन्न भएको हो । पाँच दिनदेखि यो औषधि अभाव हुँदा अस्पतालमा आएका बिरामीहरु उपचारमा चुनौती थपिएको डा सिजन रावलले बताउनुभयो ।मौसम परिवर्तनसँगै डोल्पामा बिरामी बढेपनि टाइफाइड...
एजेन्सी, असार ८, काठमाडौँ । एक भारतीय मिडियामा प्रकाशित यो ब्लग लेख्ने २८ वर्षकी महिला हुन् । उनी एक स्वस्थ सम्बन्धमा छिन् । उनको एक सन्तान पनि छ । जब उनी आफ्नो विवाहको सुरुवाती दिन याद गर्छिन् तब असहज महसुस गर्छिन् । आज पनि । उनको गोपनियताको सम्मान गर्दै यहाँ उनको नाम उल्लेख गरिएको छैन । सबैको जीवनमा केही यस्ता...
एजेन्सी, असार ८, काठमाडौँ । अमेरिकी अन्तरीक्ष संस्था नासामाथि साइबर हमला भएको छ । नासाको जेट प्रपल्सन ल्याबोरेटरी (जेपिएल) को प्रणालीमा डाटा चोरीको घटना सार्वजनिक भएको हो । त्यसक्रममा ५ सय मेगाबाइट डाटा चोरी भएको पनि खुलासा भएको छ । विभिन्न २३ वटा फाइलहरुबाट ती डाटाहरु चोरी गरिएको हो । नासामाथिको उक्त साइबर आक्रमण कसले गरेको हो भन्ने पहिचान हुन...
असार ८, काठमाडौँ । अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘सरकारी, निजी र सहकारीलगायत सबै मिलेर काम गर्ने हो भने आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न ठूलो कुरा छैन ।’अर्थमन्त्री डा।खतिवडाले...
एजेन्सी, असार ८, काठमाडौँ । जर्मनीको राजधानी बर्लिनको एक विद्यालयले पाँच फीट ११ इन्च अग्लो पर्खाल बनाएर सडकमा भौंतारिने यौनकर्मीहरूलाई प्रांगणमा आउनबाट रोक्ने कोशिश गरेको स्थानीय सञ्चारमाध्यमले जनौका छन् । बर्लिनको कुख्यात कुरफ्युरस्टेनस्ट्रासको गल्लीमा रहेको फ्रान्ज्योसिसेस जिम्नेजियम हाईस्कूलमा पर्खाल लगाइएको हो । यो गल्लीमा शहरका धेरैजसो यौनकर्मीहरू भेला हुने गरेका छन् ।यौनकर्मीहरूले २४सै घन्टा त्यहाँ ग्राहकसँग मोलतोल गरिरहेका हुन्छन्...
असार ८, काठमाडौं । सरकारले नेपालीहरुको खुसी सर्वेक्षण गर्ने भएको छ । समष्टिगत सुख सर्वेक्षण नाम दिएको उक्त सर्वेक्षणका आधारमा नेपालीहरुको सुख मापन गरिने तथ्याङ विभागका निर्देशक राजन सिलवालले बताए । ओली सरकारको ‘सुखी नेपाली समृद्ध नेपाल’ नारालाई आधारमा मानेर यो कार्यक्रम बनाइएको हो । आगामी आर्थिक वर्ष भित्र सर्वेक्षण सक्नेगरि तथ्याङक विभागले बजेट विनियोजन गरेको छ ।‘नयाँ आर्थिक वर्ष...