विद्यालयको प्रांगणमा यौनकर्मी आउन थालेपछि…

384

एजेन्सी, असार ८,
काठमाडौँ । जर्मनीको राजधानी बर्लिनको एक विद्यालयले पाँच फीट ११ इन्च अग्लो पर्खाल बनाएर सडकमा भौंतारिने यौनकर्मीहरूलाई प्रांगणमा आउनबाट रोक्ने कोशिश गरेको स्थानीय सञ्चारमाध्यमले जनौका छन् । बर्लिनको कुख्यात कुरफ्युरस्टेनस्ट्रासको गल्लीमा रहेको फ्रान्ज्योसिसेस जिम्नेजियम हाईस्कूलमा पर्खाल लगाइएको हो । यो गल्लीमा शहरका धेरैजसो यौनकर्मीहरू भेला हुने गरेका छन् ।

यौनकर्मीहरूले २४सै घन्टा त्यहाँ ग्राहकसँग मोलतोल गरिरहेका हुन्छन् । विद्यालयको प्रांगणमा फालिएका कन्डम, सिरिन्ज, दिसा लगायतले त्यहाँ घिनलाग्दा काम हुने गरेको प्रमाण प्रस्तुत गरेको छ ।‘विद्यालय प्रांगणमा दिउँसै पनि यौनकर्मी लगायत अवाञ्छित व्यक्तिहरू लाजै पचाएर अनि अवैध रूपमा पस्ने गरेको गुनासो आइरहेका थियो,’ विद्यालय निरीक्षक कार्सटेन स्पाल्लेकले बर्लिनर जाइटुङ पत्रिकालाई बताए ।