नयाँ आर्थिक वर्षवाट नेपालीको खुसी सर्वेक्षण गरिने

204

असार ८,
काठमाडौं । सरकारले नेपालीहरुको खुसी सर्वेक्षण गर्ने भएको छ । समष्टिगत सुख सर्वेक्षण नाम दिएको उक्त सर्वेक्षणका आधारमा नेपालीहरुको सुख मापन गरिने तथ्याङ विभागका निर्देशक राजन सिलवालले बताए । ओली सरकारको ‘सुखी नेपाली समृद्ध नेपाल’ नारालाई आधारमा मानेर यो कार्यक्रम बनाइएको हो । आगामी आर्थिक वर्ष भित्र सर्वेक्षण सक्नेगरि तथ्याङक विभागले बजेट विनियोजन गरेको छ ।

‘नयाँ आर्थिक वर्ष लागेपछि कसरी सर्वेक्षण गर्ने भन्ने वितृत विधि बनाइनेछ,’ सिलवालले भने, ‘त्यसका लागि बजेट विनियोजन भइसकेको छ, आर्थिक वर्ष २०७७र७८ मा यसको नतिजा सार्वजनिक गर्ने हाम्रो योजना छ ।’ तथ्याङक विभागले पछिल्लो जनगणना, कृषि गणना लगायतका तथ्याङकलाई आधार बनाएर अध्यायन गर्ने तयारी गरेको छ ।