Wednesday, July 22, 2026
Home Blog Page 1492
असार ८, काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले पुस्तक आयातमा भन्सार लगाएर ज्ञानमा नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले भने, ‘किताबलाई महँगो बनाउँदै यसमा नियन्त्रण गर्नु र प्रकारान्तरमा ज्ञानमा नियन्त्रण गर्ने उद्धेश्यले यस्तो व्यवस्था गरिएको हो ।’आर्थिक वर्ष ०७६र७७ को बजेटमा विदेशमा प्रकाशित पुस्तकमा लगाइएको १० प्रतिशत भन्सारको विरोध गर्दै थापाले यस्तो धारणा...
असार ८, रसुवा। लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले आफ्नो कार्यक्षेत्रअन्तर्गतका वन जङ्गलको सर्च अभियान सम्पन्न गरेको छ । महाहन्ट अप्रेशनअन्तर्गत गत फागुनदेखि हालसम्म भएका प्रगतिबारेमा जानकारी दिँदै लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले विशेष अभियानमा रसुवादेखि सिन्धुपाल्चोकसम्मका भू–भागको अनुगमन गर्दा जनावर मार्नका लागि तस्करबाट राखिएका २२ थान तारको पासो बरामद गरिएको बताउनुभयो ।निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना...
असार ८, राजापुर। काठमाडौँबाट बझाङतर्फ जाँदै गरेको ना४ख १३३९ नम्बरको बस आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत बारबर्दिया नगरपालिका–७ रम्भापुरमा पल्टिँदा १७ यात्रु घाइते भएका छन् ।घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक मदनजित महराले बताउनुभयो । अन्य १२ घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।-रासस
असार ८, काठमाडौँ । माछापुच्छ्रे बैङ्क लिमिटेडले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैङ्कले ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैङ्कले लगानीयोग्य पुँजी जुटाउन ऋणपत्र निष्कासन गर्न लागेको हो । ऋणपत्रको वार्षिक ब्याजदर १०।२५ प्रतिशत छ । यो दर मुद्धति निक्षेपमा पाउँने भन्दा बढी हो ।प्रतिकित्ता १ हजार दरको ऋणपत्रको संख्या ३० लाख...
असार ८, काठमाडौँ । सत्तारूढ दलका नेता जनार्दन शर्माले सर्लाहीमा प्रहरीको दोहोरो भिडन्तमा मारिएका विप्लव समूहका नेता कुमार पौडेको हत्या गम्भीर भएको भन्दै आपत्ति जनाएका छन्। राज्यव्यवस्था समितिको आजको बैठकमा नेता शर्माले सर्लाहीमा मारिएका कुमार पौडेलको नियन्त्रणमा लिएर हत्या भएको भन्दै गृहमन्त्रीले समितिमा जवाफ दिनुपर्ने माग गरे। उनले भने, ‘कुमार पौडेलको हात भाँचिएको भन्ने उजुरी परेको छ, यसको सत्यतथ्य...
असार ८, दार्चुला । नौगाड गाउँपालिका–२ सुण्डमुण्डुमा एक जनाले अत्यधिक मदिरा सेवन गरी आफ्नै घरमा आगजानी गरेका छन् । मदिरा सेवन गरी अन्दाजी ३२ वर्षीय शेरसिह बडालले घरमा आगो लगाएपछि सामान निकाल्न भित्र गएकी उनका श्रीमती ३० वर्षीया विमला बडालको घरभित्रै जलेर मृत्यु भएको छ ।शनिबार राति १२ बजे मदिरा सेवन गरी घर पुगेका बडालले घर परिवारसँग झगडा गरेका...
असार ८, काठमाडौँ । सामान्यतया शरीरको कुनै भागमा कोषिकाहरू अनियन्त्रित भएर बढ्नुलाई क्यान्सर भएको मानिन्छ । नाक, कान र घाँटीमा पनि विभिन्न समस्याका कारण क्यान्सर हुने गर्छ । सुरुवाती चरणमै उपचार नगर्ने तथा प्रायः शल्यक्रिया गर्नुपर्ने बिरामी धेरै हुने भएकाले नाक/कान/घाँटी क्यान्सरको चर्चा ज्यादै कम हुने गरेको छ ।जुनसुकै उमेरका मानिसलाई नाक/कान/घाँटीको क्यान्सर हुन सक्छ । यद्यपि, ४० वर्षभन्दा माथिकालाई क्यान्सरको जोखिम बढी...
बीबीसी असार ८, काठमाडौँ । उत्तर कोरियाली नेता किम जङ-अनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पठाएको व्यक्तिगत पत्र पाएको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जनाएको छ। किमले त्यो पत्रलाई "गजब"को भन्दै प्रशंसा गरेको र त्यसमा रहेको "चाखलाग्दो बेहोराबारे गहन ढङ्गले सोचविचार गर्ने" आशय व्यक्त गरेको समाचारसंस्था केसीएनएले जनाएको छ। उनले ट्रम्पको "असाधारण साहस"को पनि प्रशंसा गरेका छन्। जुन महिनाको प्रारम्भमा उत्तर कोरियाली...
असार ८, महोत्तरी -महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा गए राति तोडफोड भएको छ । गए राति उपप्रमुख रेणु झाको नेतृत्वमा गएको एक टोलीले नगरपालिकाको कार्यालयमा रहेको योजना शाखा तथा प्रशासन फाँटमा गरी दुई थान कम्प्युटर, दुई थान स्क्यान मेसिन, दुई थान प्रिन्टर, दुई थान मल्टिप्लग बोर्डमा तोडफोड गरेको हो । इलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार शनिबार साँझको समयमा कार्यालयमा...
अन्नपूर्ण पोष्ट असार ८, तानसेन । कोही ओछ्यानबाट उठ्नै सक्दैनन्। कसैको आँखा त कसैको कानमा समस्या छ। कसैको मानसिक अवस्था ठिक छैन। कोही बोल्न सक्दैनन्। कसैको कम्मरमुनिको भाग चल्दैन। कतिपय दाम्लोमा बाँधिएका छन् त कति कष्टपूर्ण जीवन बिताइरहेका छन्। रिब्दीकोट गाउँपालिका ख्याहास्थित जोगिथुमको कुमालबस्तीका अधिकांश बालबालिकाको समस्या हो यो। ७० घरपरिवार रहेको विपन्न बस्तीमा अधिकांश घरमा तीनदेखि पाँचजनासम्म अपांगता भएका...