‘रातो टिका निधारमा’ को छायाँकन सकियो

329

असार ८,
काठमाडौँ । फिल्म ‘रातो टिका निधारमा’को छायाँकन सकिएको छ । अशोक शर्माको निर्माण तथा निर्देशन रहेको फिल्मको छायाँकन २९ दिनमा सम्पन्न भएको हो । फिल्मको सम्पूर्ण जसो छायाँकन झापा र काठमाडौँमा गरिएको छ । कलाकारको साथ, सहयोग र मौसमको कारणले समयमै फिल्मको छायाँकन सकिएको निर्माता तथा निर्देशक शर्माको भनाई छ । फिल्मको शिर्ष गीत केहि सातामै सार्वजनिक गरिने समेत शर्माले बताएका छन् । सामाजिक कथा वस्तुमा बनेको फिल्म रातो टिका निधारमा मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक अंकित शर्मा मुख्य भूमिकामा प्रस्तुत भएका छन् । शर्माले नै बनाएको ‘अल्लारे’को हिट गीत ‘रातो टिका निधारमा’को रिमेक भर्सन दर्शकले हेर्न पाउनेछन् । यस गीतमा वरिष्ठ कोरियोग्राफर बसन्त श्रेष्ठको कोरियोग्राफी छ ।

फिल्म रातो टिका निधारमा बाट अशोक शर्माका सुपुत्रले नेपाली फिल्ममा नायकको रुपमा डेब्यु गरेका छन् । फिल्ममा साम्राज्ञी र अंकितसँगै नीता ढुंगाना, रविन्द्र झा, बुद्दि तामाङ, खुश्बु खड्का, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठ लगायत कलाकारहरुको अभिनय अभिनय छ । ‘रातो टिका निधारमा’ मा यस वर्षको दशैंमा रिलिज हुनेछ । गत सालको दशैंमा शर्माको जय भोले रिलिज भएको थियो ।