चाउमिनको सस खाँदा बालकको फोक्सो फुटेपछि…

373

एजेन्सी, असार ९,
काठमाडौँ । भारतको हरियाणास्थित यमुनानगरमा सडकछेउको स्टलबाट चाउमिन खाँदा तीन वर्षीय एक बालकको फोक्सो फुटेको छ । चाउमिनको ससका कारण बालक बिरामी भएको हो । ससमा एसेटिक एसिड राखिएको थियो । त्यसले गर्दा बालकको शरीरमा जलन भयो र फोक्सो बिग्रियो । बालकलाई अस्पताल लग्दा उसको शरीर कालो भइसकेको थियो । त्यतिखेर उसको रक्तचाप पनि लगभग शून्यमा पुगिसकेको थियो । चिकित्सकका अनुसार, बालकलाई सास फेर्न पनि गाह्रो भइरहेको थियो ।

एक्सरे गर्दा बालकको दुवै फोक्सो फुटेको देखियो । छोरोले सस बढी खाएकाले बिरामी परेको बालकका पिताले बताए । चिकित्सकहरूले शल्यक्रिया गरेर चेस्ट ट्युब हाले । बालक १६ दिनसम्म भेन्टिलेटरमा बस्नुपरेको थियो । उपचारका क्रममा उसको मुटुले काम गर्न छोडेको थियो । बिस्तार बालकको स्वास्थ्य सुध्रियो र चिकित्सकहरूले मुश्किलले बालकको ज्यान जोगाए । बालकका पिता मञ्जूरको हातमा पनि सस खसेको थियो । उनको हात पनि जलेको थियो ।

एसेटिक एसिडका कारण बालकका भित्री अंग जलेका थिए । ससलाई स्वादिष्ट बनाउनका लागि एसेटिक एसिड हाल्ने गरिएको छ ।