आयुष्मान र शिल्पाको ‘सानो मन’को गीत रिलिज (भिडियो हुर्नुहोस् )

302

असार ९,
काठमाडौँ । असारको २० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सानो मन’को शिर्ष गीत सार्वजनिक गरिएको छ । चलचित्रको यो गीतको भिडियोमा मुख्य कलाकारद्धय आयुष्मान देशराज जोशी र शिल्पा मास्केलाई फिचरिङ गरिएको छ । सुयोग सोताङ्गको संगीत रहेको गीतमा रोहित जोन क्षेत्रीको स्वर, स्वप्निल शर्माको शब्द छ । भिडियो हुर्नुहोस् :

 

संगीतकार सोताङ्ले बजारमा चलिरहेका गीत भन्दा केही फरक स्वादमा गीत तयार पारेको बताए । यो गीत चलचित्रको कथा नजिक रहेको निर्देशक सुयोग गुरुङले जानकारी दिए । नौलो प्रेम बसेपछि यूवायूवतीमा आउने भावमा यो गीत तयार पारिएको छ । चलचित्रमा आयुष्मान र शिल्पाको साथमा सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङ्देल लगायतका कलाकारको मुखय भूमिका छ ।

ओपीजी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो चलचित्र बनेको छ । चलचित्रको छायांकन काठमाण्डौ, भैरहवा र बैंककमा गरिएको छ । योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के मित्तल र राजेन्द्र मानन्धरको लगानी छ ।