Thursday, July 23, 2026
Home Blog Page 1477
असार १३, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले अधिकृत तथा सहायक स्तरका पदमा ६५१ जना कर्मचारी माग गरेको छ। प्राधिकरणले अधिकृत स्तरको पदका लागि १११ जना कर्मचारी भर्ना गर्न भएको छ। त्यस्तै सहायक स्तरको पदका लागि ५४० जना कर्मचारी भर्ना गर्ने भएको हो।
असार १३, काठमाडौँ । एनआईसी एशिया बैंक र नारायणी वयोधा हस्पिटल, वीरगञ्ज, पर्साबीच सम्झौता भएको छ । उक्त हस्पिटलमा। उपचार गराउँदा बैङका कर्मचारी र ग्राहकलाई १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो । सम्झौता पत्रमा बैङ्ककातर्फबाट बैङ्कका प्रादेशिक कार्यालयका प्रमुख प्रकाशचन्द्र अधिकारी र नारायणी वयोधा हस्पिटलकोतर्फबाट हस्पिटलका सुविधा सञ्चालक डा। रजनिश भारतीले हस्ताक्षर गरे ।सम्झौता पछि बैङ्कका डेबिट एवं क्रेडिट...
एजेन्सी, असार १३, काठमाडौँ । बीसवटा औद्योगिक राष्ट्रको समूह (जि–२०) को शिखर सम्मेलन शुक्रबार जापानको ओसाका शहरमा शुरु भएको छ । सो सम्मेलनको शुक्रबार बिहान ओसाका शहरमा जापानी प्रधानमन्त्री सिन्जो आबेले औपचारिक रुपमा उद्घाटन गरे । सो सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी चिनफिङ बिहीबार जापानको ओसाका शहर आइपुग्नुभएको बताइएको थियो । विश्वमा हाल कतिपय विषयको व्यापारमा प्रमुख औद्योगिक...
असार १३, काठमाडौँ । भारतबाट तरकारी र फलफूल बोकेर नेपाल आउँदै गरेका धेरै ट्रक सीमाना रोकिएका छन् । विषादी परीक्षण नगरेका तरकारी र फलफूल आयातमा रोक लगाउने सरकारले निर्णय गरेपछि यसलाई लिएर भारीतीए तरकारी व्यवसायी त चिन्तित छदै छन् साथै मिडियाहरुले समेत रुवावासी गर्न थालेका छन् । भैरहवा, काँकडभिट्टा, वीरगञ्ज, कैलाली र विराटनगर नाकामा आइपुगेका ट्रक विषादी परीक्षण नभएपछि नेपाल...
रिता बोलखे, असार १३, काठमाडौं । राष्ट्रिय परिक्षा वोर्डले गत वर्ष लिएको कक्षा १०को परिक्षाको परिक्षाफल विहिवार प्रकाशित गरेको छ । परिक्षाको नतिजा हेर्दा समुदायकले भन्दा संस्थागत विद्यालयका विद्यार्थीले नतिजा राम्रो ल्याएका छन् । सरकार आर्थिक वर्ष ७४र ७५मा १ खर्व २६ अर्व मध्य केन्द्रिय तहमा ६६ अर्व १२ करोड र स्थानीय तहमा ६० अर्व ६६ करोड ६४ लाख रुपैया...
असार १३, काठमाडौँ । नेपाल प्रहरीले युवतीहरूमाथि शृङ्खलाबद्ध तिखो वस्तुले आक्रमणमा गर्ने सन्तोष कार्कीलाई शुक्रबार सार्वजनिक गरेको छ । रामेछाप घर भएका उनले प्रारम्भिक बयानका क्रममा आफ्नो अपराध स्वीकार्दै रमाइलोका लागि यस्तो कार्य गरेका बताएका छन् । महाराजगञ्जबाट बिहीबार राति पक्राउ गरिएका ३० वर्षीय सन्तोष कार्की रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका...
दैलेख, असार १३ । गुराँस गाँउपालिका– ८ मालिका माविमा कक्षाकोठाभित्रै पानी पर्दा शिक्षकले रेनकोट ओढेर पढाउछन् भने बिद्यार्थीले छाता ओढेर पढ्छन् । १२ कक्षासम्म पठनपाठन हुने यो विद्यालयमा जम्मा ९ वटा कक्षा कोठा छन् । ४ सय ५० विद्यार्थीहरु विद्यालय प्राङगणमा ६ बर्षदेखि निर्माणाधीन भवन हेरेर चुहिने कोठमा कोचिएर अध्ययन गरिरहेका छन् । पानी पर्ने जस्तो देखिए विद्यालय बन्द गर्नुपर्ने...
असार १३, काठमाडौँ । आफूलाई धर्ती माता दावी गर्दै आएकी विष्णु कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसर, टेकुको विशेष टोलीले उनलाई शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको हो ।एक साताअघि उनले सर्वसाधारणको भिडका बीच युवतीलाई यातना दिएकी थिइन् । जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । घटनालाई लिएर सर्वसाधारणले प्रहरी प्रशासनको आलोचना गरेपछि अनुसन्धान सुरु भएको थियो...
एजेन्सी, असार १३, काठमाडौं । अर्टेन्टिनामा हालै एक अनौठो घटना सार्वजनिक भएको छ । त्यहाँ एकजना व्यक्तिले २७ वर्षदेखि आफ्नी श्रीमतीलाई काम गराउँदा अदालतले उनलाई २ करोड रुपैयाँ बराबरको क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ । महिलाको उमेर अहिले ७० वर्ष भैसकेको छ । उनी शिक्षित महिला हुन् । अर्थशास्त्रमा स्नातक ती महिलाले बिहेपछि आफ्नो करिअर त्यागेर पतिको घर सम्हालेकी थिइन्...
असार १३,काठमाडौँ । अठारौं शताब्दीको पुर्वाद्धमा तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले कीर्तिपुर आक्रमण गरेको विषयमा चलचित्र निर्माण गरिएको छ । चलचित्रलाई असार १३ गतेदेखि देशरभरका सिनेमा हलहरुमा प्रदर्शनमा आएको छ ।स्व.बासुपासाद्वारा रचित “भैरवसिंह” नामक ऐतिहासिक उपन्यासमा आधारित चलचित्र “कीर्तिपुर” द लिजेन्ड अफ कीर्तिलक्ष्मीलाई तथ्यसंगत बनाउन लिखित प्रमाणहरु चलचित्रको शुरु मै प्रस्तुत गरिएको छ ।कालखण्डमा प्रकाशन भएका देशी विदेशी लेखकका...