असार १३,
काठमाडौँ । तपाईंको रक्त समूह ओ हुनपर्छः सन् २००४ मा जर्नल अफ मेडिकल इन्टोमोलोजीमा प्रकाशित एक अध्ययन अनुसार ओ ग्रुप समूहका मानिसले अन्य रक्त समूह (ए, बी र एबी) को तुलनामा बढी लामखुट्टे आकर्षित गर्छन्। सो अध्ययन अनुसार ओ पछि लामखुट्टेका लागि क्रमशः रक्त समूह ए, बी र अन्त्यमा एबी मन पर्छ। तसर्थ तपाईलाई लामखुट्टेले टोक्नुमा रगत समूह...
असार १३,
काठमाडौँ । विहीबार राती १ बजे काठमाडौंको महाराजगंजबाट एक युवा पक्राउ परेका छन् । 'सिरिन्ज आतंक' मच्चाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । रामेछाप घर भइ महाराजगंजमा बस्दै आएका ३० वर्षका सन्तोष कार्कीलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले बताए। प्रहरीले निकै अनुसन्धान गरेर र आक्रमण भएका स्थानहरुको सिसिटिभी फुटेजका आधारमा कार्कीलाइ पछ्याएको थियो।काठमाडौंसहित भक्तपुर...
असार १३,
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ ।गत जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले गएराति सार्वजनिक गरेको हो । परीक्षाफल ईपीएसको बेवसाइटमा गएर हेर्न सकिने छ ।ईपीएस कोरिया शाखा नेपालले भाषा परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिँदै यसबारे केहीबेरमा विस्तृत जानकारी दिने बताएको छ । जेठमा...
नागरिक दैनिक
असार १३, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई सर्वोपरी ठानेर आम जनताको घरघरमा पुग्न पार्टीका केन्द्रीय प्रतिनिधिलाई निर्देशन दिएका छन्। पहिलो चरणको जागरण अभियान समीक्षाका लागि बुधबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय प्रतिनिधिसँगको छलफलमा सभापति देउवाले गुट उपगुटभन्दा माथि उठेर संगठन निर्माणमा जुट्न आग्रह गरेका हुन्।अब हुने तीनै तहको निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाएरै...
नेपाल समाचारपत्र
असार १३, काठमाडौं । सरकारले २ सय रुपियाँ दरको भारतीय नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले भारतले हालै प्रचलनमा ल्याएको २ सय रुपियाँ दरको नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको हो । नेपालमा यसअघि नै ५ सय र २ हजार दरका भारतीय रुपियाँका नोट प्रचलनमा छैनन् ।त्यसैगरी बैठकले साना किसानहरुको ऋण मिनाहा गरेको छ...
नयाँ पत्रिका,
असार १३, काठमाडौं । बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा लैजाने भूमिका खेलेको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पूर्वकर्मचारी फरार भएका छन् । लोकमानसिंह कार्की अख्तियार प्रमुख छँदा अख्तियारमा विज्ञका रूपमा नियुक्त भएका हुपेन्द्रबहादुर केसी फरार भएका हुन् ।मालपोत कार्यालय डिल्लीबजारको प्रमुख हुँदा उनले सो जग्गा व्यक्तिको नाममा फिर्ता गर्न सघाएका थिए । पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिले उनलाई कारबाही...
नयाँ पत्रिका दैनिक
असार १३, काठमाडौं । फलफूल र तरकारी बोकेका १०३ ट्रक नाकामा
विषादी परीक्षण नगरेका तरकारी र फलफूल आयातमा सरकारले रोक लगाएको छ । तर, नाकामा न प्रयोगशाला छन् न कर्मचारी । पछिल्लो एक सातामा तरकारी र फलफूल बोकेका १०३ ट्रक विभिन्न नाकामा रोकिएका छन् ।तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार सुनौली–भैरहवा नाकामा ५८, काँकडभिट्टामा १९, वीरगन्जमा १४, कैलाली...
असार १३,
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको सांस्कृतिक गुरुयोजना निर्माण र कार्यान्वयनमा संचारकर्मीको भूमिका महत्वपुर्ण रहेको बताईएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले बिहीबार आयोजना गरेको एक कार्यक्रमका सरोकारवालले यस्तो बताएका हुन् ।
मथिनपाको सहयोगमा आयोजित कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय कार्यवाहक अध्यक्ष बिपुल पोखरेलले मध्यपुरथिमि नगरपालिकाको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षण एवं विकास गर्दै नमूनाको साँस्कृतिक नगरी निर्माण...
असार १२,
काठमाडौँ । प्रतिनिधि सभाकी सांसद शान्ता चौधरीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ‘बी’ ल्याएकी छन् । राजनीतिमा अब्बल चौधरीले एसईईमा औसत नतिजा ल्याएकी छन् । उनले गृहजिल्ला दाङबाट परीक्षा दिएकी थिइन् । चौधरी प्रतिनिधि सभामा नेकपाकी सचेतक हुन् । मुक्त कमलरी आन्दोलनबाट राजनीतिमा उदाएकी चौधरीले पछिल्लो समयमा पढाइलाई निरन्तरता दिन थालेकी छन् ।साथै नायिका करिश्मा मानन्धरले बी प्लस...
एजेन्सी, असार १२,
काठमाडौँ । एयर इन्डियाको विमानमा बम भएको हल्ला फैलिएपछि आपत्कालीन अवतरण गरिएको छ। बमको हल्लापछि विमानलाई लण्डनमा आपत्कालीन अवतरण गराइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।अवतरणलगत्तै अधिकारीहरूले अहिले विमानको परीक्षण गरिरहेको बताइएको छ। एयर इन्डियाको १९१ मुम्बइ-नेवार्क विमानमा बम रहेको भन्ने खबर आएपछि तुरुन्तै लण्डनस्थित स्ट्यान्स्टेड एयरपोर्टमा आपत्कालीन अवतरण गरिएको थियो। लण्डन स्ट्यान्स्टेड एयरपोर्टले पनि ट्विट गर्दै...










