असार १४, काठमाडौं । काठमाडौँको फोहर व्यवस्थापन गर्ने मुख्य क्षेत्र नुवाकोटको सिसडोलका बासिन्दा पुनः आन्दोलनमा उत्रेका छन् । नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलका बासिन्दाले क्षतिपूर्ति पुनरावलोकनलगायतका माग गर्दै ‘ल्याण्डफिल्ड साइड’ एक हप्तादेखि बन्द भएपछि वार्ता गर्न पुगेका काठमाडौँ महानगरपालिकाको टोलीसँग कुरा नमिलेपछि झडप भएको हो ।झडपका क्रममा केही स्थानीयवासी र केही प्रहरी घाइते भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका...
असार १३,
काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले बोनशदर सार्वजानिक गरेको छ । कम्पनीले बीमितलाई दिने बोनशदर सार्वजानिक गरेको हो । कम्पनी प्रतिहजार वार्षिक ३५ रुपैयाँदेखि ६५ रुपैयाँ दिने भएको छ ।बीमा ऐन र बीमा नियमावली प्रयोजनार्थ जीवन बीमा व्यवसाय गर्ने बीमकको आर्थिक स्थितीको लेखाजोखा र दायित्वको मुल्याङकन गरी उक्त बोनस दर सार्वजनिक गरेको सानिमा लाईफ इन्स्योरेन्सले जनाएको छ ।...
एजेन्सी, असार १३,
काठमाडौँ । बलिउड अभिनेत्री कंगना रनावतले अभिनेता आदित्य पञ्चोलीको विरुद्ध यौन शोषणको आरोप लगाएकी छिन् । यो आरोपको मुद्धा समेत दर्ता भएको छ । कंगना र उनकी बहिनी रंगोली चन्देलले पञ्चालीलाई निशाना बनाएर लगातार सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । रंगोलीको अनुसार, पञ्चालीले नशाको डोज दिएर कंगनाको यौन शोषण गरेर आपत्तिजनक तस्बिर खिचेका थिए । त्यसपछि परिवारलाई...
असार १३,
काठमाडौं । सरोकारवालाहरुले एसईईको ग्रेडिङ प्रणाली त्यति सन्तोषजनक नभएको टिप्पणी गरेका छन् । शुक्रबार राजधानीमा भएको एक विशेष साक्षात्कारमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । उच्च माध्यमिक विद्यालय संघ हिसानका महासचिव तथा जेभियर इन्टरनेशनल कलेजका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले आफूहरुले अनुमान गरेझैं एसईईको नतिजा आएको सुनाए । उनले भने,‘यो नतिजालाई लिएर आश्चर्य मान्नुपर्ने छैन ।’
क्लबमा सभापति ऋषि...
असार १३,
डोटी । जबर्जस्ती करणी गरेको आरोपमा डोटीमा एक नेपाली सेनाका जवान पक्राउ परेका छन् । जिल्लाको सायल गाउँपालिकामा एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा सोही ठाउँमा स्थायी बसोबास गर्ने नेपाली सेनाका ३५ वर्षीय जवान कृष्ण विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।उक्त कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले आफ्नै नाताकी महिलालाई निज विष्टले...
असार १३,
काठमाडौँ । नेपाल आइडल सिजन २ का विजेता रवि ओड र गायिका दुर्गा खरेलको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । घरमा कुरा बोलको गीतमा अर्जुन पोखरेलको संगीत तथा एरेञ्ज छ । शब्द ध्रुव प्रसाद अम्गीको छ । गीतको भिडियो :https://www.youtube.com/watch?v=G1aFzXOjf4U गीतको भिडियोमा प्रेम जोडी आयुष्मान जोशी र प्रियंका कार्की प्रस्तुत छन् । आयंका जोडीसँगै भिडियोमा रवि र दुर्गालाई...
असार १३,
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भने ‘लोकतन्त्रको लागि राणा ढालेको काँग्रेसले पञ्चायतलाई ढाल्यो, राजतन्त्रलाई ढाल्यो भने केपी ओली नेतृत्वको सरकारलाई ढाल्न कुनै समस्या हुदैन’ । शुक्रबार पार्टी निकट स्थानीय तहका कर्मचारीहरुले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले पार्टी निकट कर्मचारीहरुलाई सरकारले धेरै दुःख दिने गरेको भन्दै आक्रोश व्यक्त गरे ।उनले वर्षौदेखि स्थानीय...
एजेन्सी, असार १३,
काठमाडौँ । एकजना महिलाको यस्तो समस्या छ कि त्यस्तो समस्या भएकी सायद उनी दुनियाँकै एकमात्र महिला हुन सक्छिन् । समाचार अनुसार ती महिलाले पुरुषको आवाज सुन्न सक्दिनन् । चेन नामकी महिला यस्तो अनौठो रोगसँग संघर्ष गरिरहेकी छन् । उनले केवल महिलाको मात्र आवाज सुन्न सक्छिन् ।ती महिला पहिले सामान्य नै थिइन् । तर एकदिन रातको समयमा उनको...
असार १३,
काठमाडौँ । सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटा अनेक विवादमा परिरन्छन् । तर, केही दिनयता भने सामाजिक सञ्जालमा सबैले उनको प्रशंसा गरिरहेका छन् । सरकारले लागू गर्न लागेको क्लिनफिड नीतिको सर्वत्र प्रशंसा भइरहेको हो ।
क्लिनफिड नीति भनेको विदेशी च्यानलले नेपालमा बिज्ञापन बजाउन पाउँदैनन् । हाल नेपाललाई एक रुपैयाँ पनि नतिरी डेढ सय विदेशी च्यानलले बिज्ञापन बजाउने गरेका...
असार १३,
काठमाडौँ माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी विद्यार्थीको लब्धांक पत्रमा अनुत्तीर्ण लेखिदैन । तर सबै विद्यार्थीले कक्षा ११ मा भर्ना हुन भने पाउँदैनन् । तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद्ले २०७३ असार १५ गते र शिक्षा मन्त्रालयले २०७४ असार ५ गते गरेको निर्णयअनुसार न्यूनतम जीपीए १.६ निर्धारण गरिएको छ ।१.६ भन्दा कम जीपीए पाउनेहरूले भने कक्षा ११ मा भर्ना...










