तरकारी र फलफूलमा कडाइ गरेपछि : भारतीय मिडियाको रुवावासी (भिडियो सहित)

316

असार १३,
काठमाडौँ । भारतबाट तरकारी र फलफूल बोकेर नेपाल आउँदै गरेका धेरै ट्रक सीमाना रोकिएका छन् । विषादी परीक्षण नगरेका तरकारी र फलफूल आयातमा रोक लगाउने सरकारले निर्णय गरेपछि यसलाई लिएर भारीतीए तरकारी व्यवसायी त चिन्तित छदै छन् साथै मिडियाहरुले समेत रुवावासी गर्न थालेका छन् । भैरहवा, काँकडभिट्टा, वीरगञ्ज, कैलाली र विराटनगर नाकामा आइपुगेका ट्रक विषादी परीक्षण नभएपछि नेपाल भित्रिन नसकेका व्यापारीले बताएका छन् ।

फलफूल र तरकारी बोकेर आएका गाडीको भन्सार पास भैसके पनि विषादी परीक्षण नभएकाले नाकामै रोकिएका हुन् । सरकारले पूर्वतयारीविनै विषादी परीक्षण गरेर मात्र तरकारी आयात गर्ने निर्णय गर्दा आफूहरु मर्कामा परेको व्यवसायीले गुनासो गरेका छन् । गर्मीको बेला धेरै दिनसम्म तरकारी र फलफूल ट्रकमै खाँदिएपछि आधाभन्दा बढी कुहिएको उनीहरुको भनाइ छ । विषादी परीक्षणमा ढिलाई हुँदा केही तरकारी र फलफूल भारततिरै फर्काइएको छ । धेरै चाहिँ अझै नाकामै राखिएको छ ।

Yastota hununai thyo

Publiée par Zange Bastola sur Mercredi 26 juin 2019