Saturday, September 19, 2026
Home मनोरन्जन ऐतिहासिक चलचित्र ‘कीतिपुर’ आज शुक्रवार देखि प्रदर्शनमा

ऐतिहासिक चलचित्र ‘कीतिपुर’ आज शुक्रवार देखि प्रदर्शनमा

435

असार १३,

काठमाडौँ । अठारौं शताब्दीको पुर्वाद्धमा तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले कीर्तिपुर आक्रमण गरेको विषयमा चलचित्र निर्माण गरिएको छ । चलचित्रलाई असार १३ गतेदेखि देशरभरका सिनेमा हलहरुमा प्रदर्शनमा आएको छ ।

स्व.बासुपासाद्वारा रचित “भैरवसिंह” नामक ऐतिहासिक उपन्यासमा आधारित चलचित्र “कीर्तिपुर” द लिजेन्ड अफ कीर्तिलक्ष्मीलाई तथ्यसंगत बनाउन लिखित प्रमाणहरु चलचित्रको शुरु मै प्रस्तुत गरिएको छ ।

कालखण्डमा प्रकाशन भएका देशी विदेशी लेखकका ऐतिहासिक दस्ताबेजसहितको पुस्तकलाई समेत चलचित्रको आधार बनाइएको छ । चलचित्रमा पटकथा प्रदीप खड्गी तथा केके मानन्धरले संयुक्त रुपमा गरेका छन् भने हिसिला महर्जन, मणिराज लवट, यशराज गराच, सुशील राजोपाध्याय, लक्ष्मी गिरी, मदनदास श्रेष्ठ, सुरवीर पंडित, अन्जला नकर्र्मी, मञ्जु श्रेष्ठ, विनोद श्रेष्ठ, संजय शर्मा लगायतका कलाकारहरुको मूख्य भूमिका रहेको छ ।

फोकस पिक्चर्सको व्यानरमा निर्माण गरिएको ९० प्रतिशत एनिमेशन भएको चलचित्रमा भीएफ एक्स, एनिमेशन पक्ष सन्तोष केसीले गरेका छन् ।

हरिशरण साय्मिको संगीत रहेको चलचित्र “कीर्तिपुर” द लिजेन्ड अफ कीर्तिलक्ष्मीका कार्यकारी निर्माता विरेन्द्र ताम्रकार हुन् भने निर्माता क्रमशः प्रेम खड्गी तथा अनन्त श्रेष्ठ हुन् ।

चलचित्रमा उदय श्रेष्ठले द्वन्द्व निर्देशन गर्नुभएको छ भने अमृत मरहट्ठा तथा दीपसन परियारले श्रृङ्गार पक्ष हेरेका छन् । चलचित्रमा शंकर महर्जन तथा नवीन जोशीले क्यामरा चलाएका छन् ।

केहि महिना देखि सेन्सर सम्बन्धिको समस्या झेलेको चलचित्र आज शुक्रवार देखि प्रद्धर्शनमा आएको हो ।