‘सिरिन्ज’ आक्रमण गर्ने सन्तोष कार्की सार्वजनिक, भन्छन् रमाइलोका लागि काठको सुइरो र ढलान किलाले घोच्थे

464

असार १३,
काठमाडौँ । नेपाल प्रहरीले युवतीहरूमाथि शृङ्खलाबद्ध तिखो वस्तुले आक्रमणमा गर्ने सन्तोष कार्कीलाई शुक्रबार सार्वजनिक गरेको छ । रामेछाप घर भएका उनले प्रारम्भिक बयानका क्रममा आफ्नो अपराध स्वीकार्दै रमाइलोका लागि यस्तो कार्य गरेका बताएका छन् । महाराजगञ्जबाट बिहीबार राति पक्राउ गरिएका ३० वर्षीय सन्तोष कार्की रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार कार्कीले सुई नभएर काठको सुइरो र ढलान किला प्रयोग गरेर युवतीहरुलाई घोच्ने गरेको बयान दिएका छन् । केटीप्रतिको आकर्षणले आफूले यस्तो गर्ने गरेको उनको भनाई छ ।

बाटोमा युवतीहरुलाई एक्लै देखे उनले आक्रमण गर्ने गरेका थिए । प्रहरीले घटनामा प्रयोग भएको बा ४७ प १३३१ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ । त्यही मोटरसाइकलमा महाराजगञ्जबाट नैकापस्थित घर फर्कर्ने क्रममा उनले बाटोमा युवतीहरुमाथि आक्रमण गर्ने गरेका थिए । आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै केही युवतीले उजुरी दर्ता गराएपछि प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको छ ।