Sunday, July 26, 2026
Home Blog Page 1438
एजेन्सी, असार ३१, काठमाडौं । पाकिस्तानले १३९ दिनपछि भारतका लागि हवाई क्षेत्र मंगलबारबाट खुला गरेको पाकिस्तानको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । भारतीय उड्डयन विमागले यस मामिलाको समीक्षा गरेको थियो र अब दुवैको बीच विमान आवातजावत शुरु भएको छ । पुलवामा हमला गरेपछि भारतीय वायुसेनाले २६ फेब्रुअरीमा पाकिस्तानको बालाकोटमा कथित रुपमा जैश–ए–मोहम्मदको आतंकी शिवरमाथि हवाई हमला गरेको...
असार ३१, काठमाडौं । सन् २०२० मा रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा उत्तिर्ण गरेका परीक्षार्थीको सीप परीक्षणको परीक्षा मिति सरेको छ । यो वर्ष रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरिया जाने कामदारको सीप परीक्षा मंसिर महिनामा हुने भएको वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले जनाएको छ । ईपीएसको लिखिप परीक्षामा पास भएकाहरुको सीप परीक्षा भदौ ४ देखि १८ गते...
असार ३१, ललितपुर । निरन्तर वर्षाका कारण ललितपुरको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा गएको पहिरो हटाउन नसक्दा दक्षिण ललितपुरमा पर्ने तीन गाउँपालिकामा सडक अवरुद्ध भएर यातायात ठप्प भएको छ । पहिरोका कारण यहाँका सबै विद्यालय हाल बिदा गरिएका छन् । कैयौँको घरमा पालिएका चौपायाको अवस्था एकदमै दयनीय बनेको छ । ललितपुर महानगरपालिका–२८ मा कर्मनाशा खोलाको पानीले प्रभाव पार्दा यहाँका...
सिबि क्षेत्री प्रबेग- बाँचुन्जेल सधैं तेरीमेरी जारी हुन्छ, मृत्युपछि मान्छे चिहान घारी हुन्छ।पुरुषलाई गुण्डा बनाउने कि हिरो ? प्रमुख भुमिकामा सदैव नारी हुन्छ ।जब जिन्दगी जिन्दगी जस्तो हुँदैन आफ्नै शरीर आफैँलाई भारी हुन्छ ।राजनीतिमा लागेपछि सोझो मान्छे एकाएक किन ?? भ्रष्टाचारी हुन्छ ।
असार ३१, जनकपुरधाम । उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री मातृकाप्रसाद यादवले बाढी तथा पहिरोले भत्काएको घर सरकारले बनाउने बताएका छन्। मंगलवार जनकपुरस्थित नेकपा पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले बाढीले दिएको पीडाप्रति सरकार गम्भिर रहेको बताए। उनले भने, ‘विपद्ले घर भत्काएमा सरकारले बनाउने एक पटक निर्णय गरिसकेको छ। त्यसैले फेरी निर्णय गर्नु परेन।’ मन्त्री यादवले अहिले तत्कालै हरेक दल...
-ज्यो. अनिल पुडासैनी, गुरुर्ब्रह्मा ग्रुरुर्विष्णुः गुरुर्देवो महेश्वरः गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः निद्रायां जायते ब्याधी मुत्रे दारिद्रमान्नुयात् । पुरिषे कृमियोनिश्ची मैथुने ग्रामसुकर:।। अभ्यज्जने भवेत्कुष्ठी भोजने स्यादधोगती। बन्धने च भवेत् सर्प बधे नरकं व्रजेत्।।गुरु पुर्णिमाको सम्पुर्ण गुरुहरुमा नमन तथा खण्डग्रास: चन्द्रग्रहण बारे जानकारी✍️ आजराति अर्थात् असार ३१/श्रावण ०१ गते (जुलाई १६/१७तारिक) आकाशमा एक अद्भुत खगोलिय घटना देख्न पाईनेछ । आषाढ शुक्ल पक्ष...
असार ३१, एक मोडल एवं नायिकाले हालै आफ्ना प्रेमीमाथि बलात्कारको आरोप लगाएकी छिन् । मुम्बईकी नायिकाले यो मामलामा प्रेमीविरुद्ध मुद्दा पनि दर्ता गरेकी छिन् । भारतीय समाचार एजेन्सीका अनुसार नायिकाले आफ्ना प्रेमीले उनको शोषण र बलात्कार गर्ने आरोप लगाएकी छिन् । मिडिया रिपोर्टमा नायिकाको नाम गोप्य राखिएको छ भने उनका प्रेमीको नाम पनि सार्वजनिक गरिएको छैन । यसबारे...
अन्नपूर्ण पोष्ट असार ३१, काठमाडौं । अविरल वर्षाबाट प्रभावित २८ जिल्लामा पिउने पानीको स्रोत दूषित भएका छन्। बाढी, पहिरोलगायत प्राकृतिक विपत्तिसँगै सरुवा रोगको जोखिम देखिएको चिकित्सकले बताएका छन्। स्वास्थ्य सेवा विभाग, महामारी व्यवस्थापन शाखा प्रमुख डा। प्रकाश शाहले सरुवा र किटजन्य रोगको जोखिम रहेको बताए। झाडापखाला, टाइफाइड, जन्डिस, हैजा, हेपाटाइटिसलगायत सरुवा रोगको जोखिम रहेको उनले बताए। तराईका जिल्लामा लामखुट्टेका...
नेपाल समाचारपत्र असार ३१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस जगत्ले आफूलाई खेदो खनेको विश्लेषण गर्दै भन्नुभएको छ, ‘मलाई मिसन पत्रकारिताले पेल्यो ।’ पछिल्लो पटक प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयको ६०औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन जाँदा हिलोमाथि ओछ्याइएको रातो कार्पेटमा हिंडिरहेको तस्बीरसहितको समाचार प्रकाशित–प्रसारित गरिएपछि सो ‘दुखेसो’ पोख्नुभएको हो ।सञ्चारविद् तथा पत्रकारिताका गुरु रामकृष्ण रेग्मी भन्नुहुन्छ, मिसन पत्रकारिता स्वयंमा खराब...
कानितपुर दैनिक असार ३१, भलोहिया, रौतहट — रौतहटको दुर्गाभगवती गाउँपालिकाको सरस्वती मावि भलोहिया पुग्नुभयो भने तपाईंले विद्यार्थी देख्नुहुन्न । अहिले त्यहाँका कोठाचोटामा गाईबस्तु बाँधिएका छन् । बालबालिका पनि त्यतै कतै खेल्दै गरेका भेटिन्छन् । कुनै कोठामा कसैले खानाको तरखर गर्दै हुन्छन् त कसैले लालाबाला स्याहार्दै गरेका पनि देखिन्छन् । यो दृश्यको एउटै कारण हो, बाढीको वितण्डा । गाउँपालिकाका १ देखि ५ सम्मका वडा सबै डुबानमा परेका...