आजको चन्द्र ग्रहणः कुन राशिलाई उत्तम कुनलाई कष्ट

404

-ज्यो. अनिल पुडासैनी,
गुरुर्ब्रह्मा ग्रुरुर्विष्णुः गुरुर्देवो महेश्वरः
गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः
निद्रायां जायते ब्याधी मुत्रे दारिद्रमान्नुयात् ।
पुरिषे कृमियोनिश्ची मैथुने ग्रामसुकर:।।
अभ्यज्जने भवेत्कुष्ठी भोजने स्यादधोगती।
बन्धने च भवेत् सर्प बधे नरकं व्रजेत्।।

गुरु पुर्णिमाको सम्पुर्ण गुरुहरुमा नमन तथा खण्डग्रास: चन्द्रग्रहण बारे जानकारी

✍️ आजराति अर्थात् असार ३१/श्रावण ०१ गते (जुलाई १६/१७तारिक) आकाशमा एक अद्भुत खगोलिय घटना देख्न पाईनेछ । आषाढ शुक्ल पक्ष गुरु पूर्णीमाका दिन खण्डग्रास चन्द्र ग्रहण लाग्नेछ । यो चन्द्र ग्रहण एशिया, युरोप, अफ्रिकी देशहरु, अस्ट्रेलिया, दक्षिण अमेरिका र उत्तर अमेरीका को पूर्वी भागबाट देखिनेछ । उत्तर अमेरिकाको उत्तर र पश्चिम भाग र ग्रिनल्याण्डबाट देखिने छैन। २ घण्टा ५९ मिनेट लाग्ने यो चन्द्र ग्रहण नेपाली समय अनुसार मध्य रात १ बजेर ४६ मिनेटमा ग्रहण पुर्वी भागबाट स्पर्श हुनेछ। राति ३ बजेर १५ मिनेटमा उत्तरी भागमा मध्य समय हुने छ र मोक्ष ४ बजेर ४५ मिनेटमा पश्चिम दिशामा हुनेछ । भने पुर्व बाट उत्तर पश्चिम दिशामा घुम्ने यो ग्रहण हिन्दु धर्ममा आस्थावान हरुकालागि असार ३१ गते मंगलबार दिउँसो ४ बजेर ४६ मिनेट देखि सुतक लाग्ने हुनाले बाल, वृद्ध र बिमारी देखि बाहेकले भोजन नगर्नु उत्तम हुनेछ ।

यो चन्द्र ग्रहण उत्तरषाढा नक्षत्र, वैधृती योग, विशिष्ट करण तथा धनु र मकर राशिमा चन्द्रमा को गोचर हुँदा लाग्नेछ। यो ग्रहण धनु राशिमा रहँदा केतु र शनि सँग युती सम्बन्ध हुनेछ । मिथुन राशिबाट सुर्य, राहु र शुक्रको दृष्टि रहनेछ । राहु र केतुबाट अन्य ग्रहहरु समेत पिडित बन्ने हुनाले ज्योतिषीय दृष्टिकोण बाट यो चन्द्र ग्रहण खराब मान्न सकिन्छ । यसबाट विषेश गरि अतिवृष्टि, अनावृष्टि एवं प्राकृतिक विपत्तिको अवस्था आउन सक्नेछ ।

यसको असर प्राकृतिक, सामाजिक र राजनितीक क्षेत्रमा देखिनेछ । चन्द्र ग्रहणको प्रभाव शासन पद्धती मा पर्ने देखिन्छ । मन्त्री लगायत सरकारी अधिकारी हरुको कार्यमा विचलन आउनाले जनगुनासो बढ्न सक्नेछ । उनिहरुको जिम्मेवारी समेत हेरफेर हुन सक्नेछ । चन्द्रग्रहण को युती मंगल बुध बाट षडाष्टक योग बन्छ । यसले जलवायु परिवर्तनमा विषेश असर पार्न सक्नेछ । राजनितिक रुपमा हेर्दा नेता हरु विच मनमुटाव बढ्न सक्नेछ भने निर्णय प्रक्रियामा ढिलाई हुनेछ । धनु राशि र मकर राशिमा ग्रहण लाग्ने हुनाले यि राशि हुने व्यक्ति हरु लाई बढि कष्ट हुन सक्नेछ । समग्रमा यो ग्रहण को फल राशि अनुसार निम्न बमोजिम प्राप्त हुने देखिन्छ ।

मेष राशि मान नाश
वृष राशि कष्ट
मिथुन राशि स्त्रीपिडा
कर्कट राशि सुख
सिंह राशि चिन्ता
कन्या राशि व्यथा
तुला राशि श्रीप्राप्ती
वृश्चिक राशि क्षती
धनु राशि घात
मकर राशि व्यय
कुम्भ राशि लाभ
मिन राशि सुख

यो चन्द्र ग्रहण हेर्न कर्कट, तुला, कुम्भ र मिन राशिलाई जुरेको छ । अन्य राशि लाई जुरेको छैन । ग्रहण अवधिमा दीर्घ रोगि र गर्भवति महिलाले बाहिर ननिस्कनु सर्वथा उचित रहनेछ ।
-कौशिक ज्योतिष सेवा