गजल

226

सिबि क्षेत्री प्रबेग-
बाँचुन्जेल सधैं तेरीमेरी जारी हुन्छ,
मृत्युपछि मान्छे चिहान घारी हुन्छ।

पुरुषलाई गुण्डा बनाउने कि हिरो ?
प्रमुख भुमिकामा सदैव नारी हुन्छ ।

जब जिन्दगी जिन्दगी जस्तो हुँदैन
आफ्नै शरीर आफैँलाई भारी हुन्छ ।

राजनीतिमा लागेपछि सोझो मान्छे
एकाएक किन ?? भ्रष्टाचारी हुन्छ ।