भाषा परीक्षा उत्तिर्ण गरेकाको सीप परीक्षण अब मंसिरमा हुने

367

असार ३१,
काठमाडौं । सन् २०२० मा रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा उत्तिर्ण गरेका परीक्षार्थीको सीप परीक्षणको परीक्षा मिति सरेको छ । यो वर्ष रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरिया जाने कामदारको सीप परीक्षा मंसिर महिनामा हुने भएको वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले जनाएको छ । ईपीएसको लिखिप परीक्षामा पास भएकाहरुको सीप परीक्षा भदौ ४ देखि १८ गते हुने मिति तय भएको थियो । तर, कोरियाको एचआरडीले समय सार्न पत्राचार गरेपछि मिति सारेर मंसिर ४ गतेदेखि २९ गते सम्म हुने भएको शाखाले जानकारी दिएको छ । सीप परीक्षाको नतिजा भने पौष ४ गते सार्वजनिक हुने शाखाले जनाएको छ ।

ईपीएसमार्फत दक्षिण कोरिया जानका लागि कोरियन भाषा परीक्षामा १२ हजार ९ जना परीक्षार्थी उत्तिर्ण भएका छन् । जसमध्ये कोरियाको मानव संशाधन केन्द्रले ६ हजार ७ सय श्रमिकको मात्र रोष्टर ९दर्ता० गर्ने जानकारी गराएको वैदेशिक रोजगार इपीएस शाखाले जानएको छ । एचआरडीले औद्योगिक क्षेत्रका लागि ४ हजार ७ सय र कृषिमा २ हजार जनालाई सीप परीक्षण सहभागि गराउन शाखालाई जानकारी गराएको शाखाले जनाएको छ ।