१३९ दिनपछि पाकिस्तानले भारतका लागि खोलिदियो हवाई क्षेत्र

208

एजेन्सी, असार ३१,
काठमाडौं । पाकिस्तानले १३९ दिनपछि भारतका लागि हवाई क्षेत्र मंगलबारबाट खुला गरेको पाकिस्तानको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । भारतीय उड्डयन विमागले यस मामिलाको समीक्षा गरेको थियो र अब दुवैको बीच विमान आवातजावत शुरु भएको छ । पुलवामा हमला गरेपछि भारतीय वायुसेनाले २६ फेब्रुअरीमा पाकिस्तानको बालाकोटमा कथित रुपमा जैश–ए–मोहम्मदको आतंकी शिवरमाथि हवाई हमला गरेको थियो । त्यसपछि पाकिस्तानले आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो ।

हवाई क्षेत्र बन्द भएपछि युरोप र खाडी देश जाने विमानहरु गुजरातदेखि अरब सागर हुँदै जानुपर्ने बाध्यता थियो । गत महिना प्रधानमन्त्री नरेन्द्र मोदी एससीओ समिटका लागि किर्गिस्तान जानुपर्ने थियो । त्यतिबेला पाकिस्तानले मोदीका लागि ४८ घण्टाका लागि आफ्नो हवाई क्षेत्र खुला गरेको थियो । तर, मोदीले पाकिस्तानको हवाई क्षेत्र प्रयोग भने गरेनन् ।

पाकिस्तानको नागरिक उड्डयन प्राधिकरणले हवाई क्षेत्रमा प्रतिबन्ध लगाएपछि भारतको एयर इन्डियाले मात्र ४९१ करोड रुपैयाँ नोक्सानी बेहोर्नु परेको थियो । प्रतिबन्धका कारण दैनिक २३३ विमानका करिब ७० यात्रु प्रभावित बनेका थिए । आफ्नो गन्तव्यमा पुग्न उनीहरुलाई डेढदेखि दुई घण्टा बढी समय लागिरहेको थियो ।