साउन २,
भक्तपुर । स्वर्गीय गायक अरुण थापाको स्मृति दिवसमा भक्तपुर विविध कार्यक्रमको आयोजना हुने भएको छ । शुभारम्भ दी म्युजिकल जर्नीको प्रस्तुती एवम भक्तपुर साङ्गीतिक समाज र विनाता कला प्रतिष्ठानको आयोजनामा उक्त कार्यक्रम यहिँ साउन ४ गते शनिबार सूर्यविनाकयमा आयोजना हुने भएको हो ।कार्यक्रममा स्व. अरुण थापाको २० औं स्मृति दिवस र सांङ्गीतिक श्रद्धान्जली कार्यक्रम र अरुण थापा स्मृति...
साउन २,
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री थापाले १५६ हजयात्रीलाई बिदाइ गरे । बिहीबारपहिलो चरणमा उनीहरु हज गर्नका लागि त्यसतर्फ जान लागेका हुन्। उक्त अवसरमा मन्त्री थापाले धर्मनिरपेक्ष मुलुक नेपालले सबै धर्मलाई सम्मान गर्ने भएकाले मुस्लिम समुदायलाई पनि हज गर्नका लागि मक्कामदिना पठाइएको बताए।...
अन्नपूर्ण पोष्ट
साउन २, काठमाडौं । कार्यालय बाहिर चौकीदार। भित्र चौबीसै घण्टा बन्दुकसहितका प्रहरीको पहरा। कार्यालयको तेस्रो तलामा भण्डारण छ। गेटमा लाहा लगाएर तीन वटा ताल्चा मारिएको छ।यो कुनै बैंक हो न त कुनै सरकारी चलअचल सम्पत्ति संग्रह गर्ने कार्यालय। राज्यको सम्पत्ति राख्ने ठाउँ नभए पनि महत्त्वपूर्ण वस्तु भण्डारण छ यहाँ। त्यो हो हुलाकी टिकट। फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन...
नागरिक दैनिक
साउन २, काठमाडौं । सुन्धारा–त्रिपुरेश्वर सडकखण्डमा पर्ने केयुकेएल र टेलिकमबीचको बाहिरी पर्खाल ‘धराप’ बनेको छ। २०३० सालमा निर्मित दुई सय मिटर हाराहारी पर्खाल धराप बन्दा जुनसुकै बेला भत्किएर मानवीय क्षति हुने डर देखिएको छ। २०७२ को भूकम्पयता सो पर्खाल ठाउँठाउँमा चर्किएर सडकतिर ढल्किएको छ। चौडा र अग्लो पर्खाल जोखिमपूर्ण बनेपछि बटुवा र सवारीचालक त्रासपूर्ण यात्रा गर्न बाध्य...
कान्तिपुर दैनिकसाउन २, पोखरा — हराएको २५ दिनपछि पोखरा–१५, कान्तिपुरचोककी लक्ष्मी परियारको कंकाल फेला पर्यो । श्रीमती हराएको निवेदन दिएर खोजिदिन अनुनय गर्दै पटक–पटक प्रहरी कार्यालय धाएका श्रीमान् रमेश नेपालीले पुम्दीभुम्दीको वनमा कंकाल देखाएका थिए । प्रहरी अनुसन्धानमा रमेशले नै लक्ष्मीको योजनाबद्ध हत्या गरेको खुल्यो । हत्याको कारण थियो– सालीसँगको हिमचिम ।
रमेश पोखरा रामबजारमा रहेको भारतीय पेन्सन क्याम्पनजिकै मोबाइल पसल चलाउँथे । ८ वर्षीया...
कान्तिपुर दैनिकसाउन २, काठमाडौँ । नेकपाले शक्तिशाली विभागहरूमा पार्टीको सचिवालयमै रहेका शीर्ष नेताहरूलाई जिम्मेवारी दिने तयारी गरेको छ । ३२ वटा विभाग रहे पनि संगठन विभाग, विदेश विभाग, आर्थिक विभाग, प्रचार विभाग र स्कुल विभाग महत्त्वपूर्ण मानिन्छन् । त्यसमा सचिवालयमा रहेका वरिष्ठ नेताहरूलाई राख्ने समझदारी भएको छ । स्रोतका अनुसार विदेश विभागको जिम्मेवारी पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधव नेपाललाई दिइनेछ । उनले तत्कालीन...
नेपाल समाचारपत्र
साउन २, बुटवल । ढुवानी व्यवसायलाई मूल्य अभिवृद्धि कर (भ्याट) तथा अनलाइनमार्फत निगरानी गरेपछि मुलुकभरका ट्रान्सपोर्ट बन्द भएका छन् भने मालबहाक ट्रक ग्यारेजमा थन्काएका छन् । सरकारले बजेटमार्फत ढुवानी व्यवसायलाई मूल्य अभिवृद्धिकर ९भ्याट० तथा मालबहाक ट्रकलाई अनलाइनमार्फत निगरानी गर्ने नीति ल्याएको र उक्त नीति बुधवारदेखि लागू गर्ने घोषणा अव्यवहारिक भएको भन्दै सो नीति नसच्याएसम्म मालबहाक सवारी साधन र...
नेपाल समाचारपत्र
साउन २,
काठमाडौं । पासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल अहिले छानबिनको घेरामा छ। नेपाल मेडिकल काउन्सिलमा ग्रान्डीको लापरबाहीका कारण एक शिशुमाथि गरिएको निर्दयी प्रयोगका सम्बन्धमा गरिएको उजुरीका आधारमा छानबिन चलिरहेको छ। तर, निष्पक्ष भनिएको छानबिन समिति नै शंकाको घेरामा छ।काउन्सिलका सदस्य डा। ढुण्डीराज पौडेलका अनुसार, काउन्सिलले पीडित पक्षको निवेदनका आधारमा ग्रान्डीसँग असम्बद्ध चिकित्सकहरूको एउटा छानबिन समिति बनाएको छ। ‘समितिले गहिराइमा...
साउन १,
काठमाडौं । आर्थिक वर्ष २०७६ /७७ को पहिलो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । हिजो ४ अंकले बढेको नेप्से आज १५ अंकले बढेको हो । आज नेप्से १५.८५ अंकले बढेर १,२७४.८६ को विन्दुमा पुगेर बन्द भएको छ । होटल र फाइनान्स बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ५५ अंकले बढेको छ...
एजेन्सी, साउन १,
काठमाडौं । मुम्बई आक्रमणका मुख्य योजनाकार तथा जमात उद दावका प्रमुख हफिज सइड पक्राउ परेका छन्। मुख्य योजनाकार हाफिज सइदलाई पाकिस्तानको पन्जाब पुलिसले लाहोरबाट पक्राउ गरेको हो। उनलाई प्रहरीले गुजरनवाला जाँदै गरेको अवस्थामा पक्राउ गरेको हो।हाफिजमाथि २३ वटा मुद्दा रहेको छन्। यसअघि पक्राउ पर्दा मुजबुत प्रमाण नहुदाँ उनी छुटेका थिए। सन् २००८ मा मुम्बईमा भएको आक्रमणमा १०...










