अरुण थापाको स्मृति दिवसमा सांगीतिक श्रद्धाजली कार्यक्रम हुदैं

442

साउन २,
भक्तपुर । स्वर्गीय गायक अरुण थापाको स्मृति दिवसमा भक्तपुर विविध कार्यक्रमको आयोजना हुने भएको छ । शुभारम्भ दी म्युजिकल जर्नीको प्रस्तुती एवम भक्तपुर साङ्गीतिक समाज र विनाता कला प्रतिष्ठानको आयोजनामा उक्त कार्यक्रम यहिँ साउन ४ गते शनिबार सूर्यविनाकयमा आयोजना हुने भएको हो ।

कार्यक्रममा स्व. अरुण थापाको २० औं स्मृति दिवस र सांङ्गीतिक श्रद्धान्जली कार्यक्रम र अरुण थापा स्मृति सम्मान २०७६ हुने भक्तपुर साङ्गीतिक समाजका सचिव अल्बर्ट बज्राचार्यले जानकारी दिएका छन् । यो वर्षको अरुण थापा स्मृति सम्मान वरिष्ट गीतकार भूषण खरेललाई प्रदान गरिने छ । त्यसैगरि शुसिला चालिसे संङ्गीत पुरस्कार आयुष के.सीलाई दिईने बज्राचार्यले बताए ।