ट्रयाकिङका विरुद्ध ट्रक ग्यारेजमा थन्काइए

249

नेपाल समाचारपत्र
साउन २, बुटवल । ढुवानी व्यवसायलाई मूल्य अभिवृद्धि कर (भ्याट) तथा अनलाइनमार्फत निगरानी गरेपछि मुलुकभरका ट्रान्सपोर्ट बन्द भएका छन् भने मालबहाक ट्रक ग्यारेजमा थन्काएका छन् । सरकारले बजेटमार्फत ढुवानी व्यवसायलाई मूल्य अभिवृद्धिकर ९भ्याट० तथा मालबहाक ट्रकलाई अनलाइनमार्फत निगरानी गर्ने नीति ल्याएको र उक्त नीति बुधवारदेखि लागू गर्ने घोषणा अव्यवहारिक भएको भन्दै सो नीति नसच्याएसम्म मालबहाक सवारी साधन र ट्रान्सपोर्ट सञ्चालन गर्न नसकिने भन्दै व्यवसायीले स्वतस्र्फुत रुपमा बन्द गरेका छन् ।

यसअघि नै ट्रक व्यवसायी तथा ढुवानी व्यवसायीले ढुवानीमा भ्याट र अनलाइन प्रणालीमार्फतको निगरानी तुरुन्त सच्चाउन सरकारस“ग माग गर्दै नसच्चाए साउन १ गतेदेखि सवारी साधन घर ग्यारेजमा थन्काउने र व्यवसाय बन्द गर्ने उद्घोष गरेका थिए । सरकारले लागू गर्न खोजेको उक्त प्रणालीले यातायात तथा ढुवानी व्यवसायी नै चौपट हुने र व्यवसाय सञ्चालन गर्न नसकिने निश्कर्ष निकालेका छन ।