Friday, September 18, 2026
Home अन्तर्राष्ट्रिय मुम्बई आक्रमणका मुख्य योजनाकार हफिज पाकिस्तानको लाहोरबाट पक्राउ

मुम्बई आक्रमणका मुख्य योजनाकार हफिज पाकिस्तानको लाहोरबाट पक्राउ

214

एजेन्सी, साउन १,
काठमाडौं । मुम्बई आक्रमणका मुख्य योजनाकार तथा जमात उद दावका प्रमुख हफिज सइड पक्राउ परेका छन्। मुख्य योजनाकार हाफिज सइदलाई पाकिस्तानको पन्जाब पुलिसले लाहोरबाट पक्राउ गरेको हो। उनलाई प्रहरीले गुजरनवाला जाँदै गरेको अवस्थामा पक्राउ गरेको हो।

हाफिजमाथि २३ वटा मुद्दा रहेको छन्। यसअघि पक्राउ पर्दा मुजबुत प्रमाण नहुदाँ उनी छुटेका थिए। सन् २००८ मा मुम्बईमा भएको आक्रमणमा १० जना आतंककारीहरूले गोली हानी १ सय ६५ जनाको ज्यान लिएका थिए। प्रहरीले उनलाई कोट लखपत जेलमा लगेको छ। आतंक निरोधी विभाग अनुसार हाफिजलाई ३० दिनपछि अदालतमा पेश गरिनेछ।