साउन २,
काठमाडौं । प्रतिपक्षी दलका सांसदहरुले बाढी, पहिरो र डुबानबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतको कामकारवाही सम्बन्धमा जानकारी लिई आवश्यक निर्देश गर्नुपर्ने भन्दै राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । केही दिनअघिको अविरल वर्षाका कारण मुलुकभर ठूलो जनधनको क्षति भएको र अत्यावश्यक सेवा अवरुद्ध भएको अवस्थामा तीनै तहका सरकारलगायत विभिन्न राजनीतिक दल एवं सङ्घसंस्थाबाट भएका र...
बीबीसी, साउन २,
काठमाडौं । सन् १९६९ को जुलाई महिनामा पहिलो पटक चन्द्रमामा मानवले पाइला टेकेको दृष्यको प्रसारण संसारभरि दशौँ लाख मानिसले हेरेका थिए। तर अहिले पनि मान्छेले चन्द्रमामा कहिल्यै पाइला नहालेको जिद्दी गर्ने मानिसहरू पनि छन्। अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार विभिन्न सर्वेक्षणमा झन्डै पाँच प्रतिशत अमेरिकीहरूले चन्द्रमामा पाइला टेकेको भन्ने कुरा नक्कली थियो भन्ने विश्वास गर्ने गरेको पाइएको...
एजेन्सी, साउन २,
काठमाडौं । जापानको क्योटो शहरमा बिहीवार बिहान एनिमेसन स्टुडियोमा एक अज्ञात व्यक्तिले आगजनी गरेका छन् । दुर्घटनामा ४० जना घाइते भएका छन् । एक व्यक्तिले स्टुडियोमा पसेर तरल पदार्थ छरेर आगो लगाएको बुझिएको छ । भवनमा लागेको आगो निभाउन अग्निनियन्त्रकहरूलाई मुश्किल परेको थियो ।द जापान टाइम्सका अनुसार, यस घटनामा धेरैजनालाई गम्भीर चोटपटक लागेको छ ।...
साउन २,
बुटवल । रुपन्देहीको बुटवल बेलहिया सडक खण्ड अन्तर्गत तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मध्य भागमा राखिएका बुद्धका मुर्ति अज्ञात समूहले तोडफोड गरेका छन् । तिलोत्तमा नगरपालिका मेयर बासुदेव घिमिरेका अनुसार सडकको मेडिएनमा राखिएका बुद्धमर्ती मध्ये गएराती अज्ञात समूहले शंकरनगर चोकदेखि नयाँ मिलसम्मका ५ वटा मुर्ति तोडफोड गरेको हो ।तिलोत्तमा नगरपालिकाको लगानीमा बुटवल बेहलहिया सडक खण्ड अन्तरगत...
साउन २,
काठमाडौं । उपत्यकाभित्रका विश्व सम्पदा क्षेत्रमा सूचीकृत सम्पदाको पुनःनिर्माण आगामी सन् २०२२ सम्ममा सम्पन्न गरिसक्ने सर्तमा ती सम्पदा खतराको सूचीबाट टरेको छ । राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सम्पदाको पुनःनिर्माणमा बेवास्ता जनाएको भन्दै खतराको सूचीमा सूचीकृत गर्ने चेतावनी दिएको थियो । युनेस्कोको विश्व सम्पदा समितिको हालै सम्पन्न बैठकले आगामी तीन वर्षभित्र उपत्यकाका सातवटै सम्पदालाई पूर्ववत्...
एजेन्सी, साउन २,
काठमाडौं । सीमित कमाइकाबीच तपाईलाई परिवार चलाउन पर्ने बाध्यता हुन्छ । वा तपाईको व्यक्तिगत जीवनयापन गर्नलाई नै तपाईले कमाएको पैसा अपर्याप्त हुन सक्छ । तपाईको रोजगारी वा व्यवसायबाट तपाईले प्राप्त गर्ने रकम बढेपनि नजोगिएर हैरान हुनु भएको होला र कसरी पैसा जोगाउने भन्ने सोचिरहनु भएको छ भने यो टिप्स तपार्इृलाई काम लाग्न सक्छ ।उपहार योजनाबाट नलोभिनुस्।...
साउन २,
भक्तपुर । भक्तपुर जिल्ला अदालत भक्तपुर नगरपालिकाको वडा नम्बर ३ स्थित दरबारक्षेत्र नजिक रहेको छ । अदालतको भवन करिब ३ रोपनी क्षेत्रफलमा फैलिएको छ । अदालतमा हाल ५ जना जिल्ला न्यायाधीशहरुको दरबन्दी रहेको अवस्था छ । दुई तल्ले यो पुरानो भवनमा ५ वटा इजलास, च्याम्बर, तहसीलदार कक्ष, तहसील फाँटलगायतका कक्ष रहेको छ ।
पुरानो १४ कोठे भवन र नयाँ...
एजेन्सी, साउन २,
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला महामारीलाई 'स्वास्थ्यमा अन्तर्राष्ट्रिय संकटकाल' घोषणा गरेको छ। डब्लुएचओले इबोलाविरुद्धको अभियानका लागि आर्थिक सहयोग गर्न सम्पन्न देशहरुलाई आह्वान गरेको छ। आफ्नो घोषणाले थप आर्थिक सहयोगका लागि बाटो खोल्ने अपेक्षासमेत डब्लुएचओले गरेको छ। डब्लुएचओले जनस्वास्थ्यमा विश्वव्यापी चासोको आपतकाल घोषणा गरे पनि कंगोका सीमा क्षेत्र बन्द गर्नुपर्ने अवस्था भने नरहेको...
साउन २,
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका नम्बर एक गोलकिपर किरण चेमजोङ भारतीय क्लब मिर्नेभा पञ्जाब आबद्ध भएका छन्। किरणले भारतको माथिल्लो डिभिजनको आई लिग खेल्ने क्लब पञ्जाबसँग दोस्रो पटक सम्झौता गरेका हुन्। क्लबले पनि किरणसँग सम्झौता भएको पुष्टि समाजिक सञ्जालमार्फत गरेको छ।https://twitter.com/minervapunjabfc/status/1151515215948685312यसअघि उनले २०१७ को सिजनको अन्त्यमा पञ्जाबबाट खेलेका थिए। त्यतिबेला उनले ८ खेल खेलेका थिए। २ महिनाअघि...
एजेन्सी,साउन २,
काठमाडौं । अनुसन्धानकर्ताहरूका अनुसार डार्क चकलेट खाँदा प्रेममा परेको जस्तै किसिमको आनन्द अनुभव हुन्छ किनकि त्यसमा 'प्रेम रसायन' फिनाइलइथाइलामाइन (पीइए) हुन्छ। कसैसँग प्रेमसम्बन्धमा पर्दाका सुरुवाती समयमा सञ्चार हुने पीइएले शरीरमा आनन्द अनुभव गराउने डोपामाइन नामक हर्मोन पनि निष्कासन गराउँछ। साथै, मस्तिष्कको आनन्दसम्बन्धी केन्द्रलाई पनि यसले सक्रिय बनाउँछ। तर चकलेटमा निकै कम मात्रामा मात्र पीइए हुन्छ। कोकामा ट्रिप्टोफान नामक...










