धरापमा सरकारी पर्खाल

179

नागरिक दैनिक
साउन २, काठमाडौं । सुन्धारा–त्रिपुरेश्वर सडकखण्डमा पर्ने केयुकेएल र टेलिकमबीचको बाहिरी पर्खाल ‘धराप’ बनेको छ। २०३० सालमा निर्मित दुई सय मिटर हाराहारी पर्खाल धराप बन्दा जुनसुकै बेला भत्किएर मानवीय क्षति हुने डर देखिएको छ। २०७२ को भूकम्पयता सो पर्खाल ठाउँठाउँमा चर्किएर सडकतिर ढल्किएको छ। चौडा र अग्लो पर्खाल जोखिमपूर्ण बनेपछि बटुवा र सवारीचालक त्रासपूर्ण यात्रा गर्न बाध्य छन्। मानिसको बाक्लो आवतजावत भइरहने ठाउँको पर्खाल धराप बन्दै जाँदा त्यसले कुनै दिन अचानक मानवीय क्षति पु¥याउन सक्ने बटुवाको भनाइ छ। बुधबार केयुकेएलनजिकै भेटिएकी टेकुकी ममता महर्जनले दिनहँु यही बाटो प्रयोग गरेर हिँड्दा मनमा त्रास हुने गरेको बताइन्। ‘यति धेरै अग्लो पर्खाल लड्यो भने ठूलो क्षति पुग्छ,’ उनले भनिन्, ‘पर्खाल सडकतिर घोप्टिएको छ, सरकारी निकायले नै यसरी धराप थापेर बस्नु गैर–जिम्मेवारीपनाको विशिष्ट उदाहरण हो।’

सुन्धारा–त्रिपुरेश्वर सडकखण्डमा पर्ने केयुकेएल र टेलिकमबीचको बाहिरी पर्खाल धराप बनेको छ। ललितपुर पुल्चोकस्थित मन्त्री–निवास प्रवेशद्वार अगाडिपट्टि पनि धराप पर्खाल छ। सिंहदरबार तथा नारायणहिटी दरबार संग्रहालय वरिपरिको पर्खाल अझमपूर्ण छ। यसअघि नेपाल खानेपानी संस्थानले उक्त भवनको भोगचलन गर्दै आएको थियो। २०६४ सालमा नेपाल खानेपानी संस्थान फेरिएर उपत्यका खानेपानी लिमिटेड नामाकरण भयो। सो पर्खाल नेपाल खानेपानी संस्थानकै पालामा बनेको हो। पछिल्लो समय केयुकेएलले सो पुरानो पर्खालको मर्मत–सम्भार नगर्दा जोखिम बढेको छ। राष्ट्रिय खेलकुद परिषद्ले भूकम्पले भत्किएको दशरथ रंगशालाको प्याराफिट मर्मत–सम्भार गर्न थाले पनि केयुकेएलले भूकम्पले चर्किएको पर्खाल पुनर्निर्माणमा कुनै चासो देखाएको छैन।