भारतको पटनाबाट पाइपलाइनमार्फत पठाएको डिजेल नेपाल आइपुग्यो

143

साउन ३,
काठमाडौं । भारतको पटनाबाट पाइपलाइनमार्फत डिजेल र पेट्रोल ल्याउन नेपाल तयार भएको छ। पाइपलाइनमार्फत एक हजार किलोलिटर डिजेल अमलेखगञ्ज डिपोमा रहेको ट्यांकीमा जम्मा गरिएको हो। बिहीबार दिउँसो १२ बजे भारतको पटनाबाट पाइपमा पठाइएको तेल २४ घण्टापछि अमलेखगन्जको ट्यांकिमा झरेको हो। शुक्रबार दिउँसो पाइपलाइनमार्फत ल्याइएको डिजेल नेपालको अमलेखगन्ज डिपोमा जम्मा गरिएको आयल निगमका नायब कार्यकारी निर्देशक सुशिल भट्टराईले जानकारी गराएका छन् ।

डिजेल झरेसँगै परीक्षण सफल भएको भट्टराईले बताए। उनकाअनुसार अब भने ट्यांकी बन्द गर्ने र नेपाल र भारतले संयुक्त रुपमा उद्घाटन गरेसँगै व्यावसायिक रूपमा संचालनमा ल्याइने छ। उद्घाटन नेपाल भारतका प्रधानमन्त्रीबाट गराउने तयारी भइरहेको जनाइएको छ। पाइपलाइन २४ घन्टा नै चलाएमा एकै दिन ४८ लाख लिटर डिजल नेपाल ल्याउन सकिने र यसले नेपालको माग धान्न सकिने निगमले जनाएको छ।