काबुल विश्वविद्यालयमा बम विस्फोट हुँदा ८ जनाको मृत्यु, ३३ जना घाइते

194
सांकेतिक तस्विर

साउन ३, २०७६
काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयमा बम बिस्फोट भएको छ । विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार भएको बम विस्फोटमा परी ८ जनाको मृत्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन् ।

स्नातकोत्तर तहको परीक्षाका लागि विद्यार्थीको प्रवेश हुने क्रममा विस्फोट भएको थियो । स्थानीय समयाअनुसार शुक्रबार बिहान ७ः१० मा उक्त विस्फोट भएको प्रहरीले जनाएको छ ।

अधिकारीहरुले जनाए अनुसार अहिलेसम्म बम विस्फोटको जिम्मा कसैले लिएको छैन भने विस्फोटको अनुसन्धान जारी रहेको छ ।