साउन ५,
काठमाडौं । नेपाल प्रहरीले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को संगठनमा धावा बोलिरहेको छ । फागुन २८ गते सरकारले विप्लव समूह्लाई प्रतिबन्ध लगाएयता सो समूहका शीर्ष नेतासहित ५०० भन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । प्रहरीले गएराती उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा काठमाडौंको काँडाघारीबाट उनलाई प्रहरीले आइतबार...
साउन ४,
काठमाडौं । नायिकाहरु आफुलाई सदावहार बनाउन धेरै कुरामा ध्यान दिने गर्दछन् । तेहि अनुसार नायिका केकी अधिकारीको शारिरिक कसरका केही तस्विरहरु सामानजिक संजालमा छाइरहेको देखिन्छ ।तस्विर हेरौं
तर, तीन सातादेखि सम्पर्कविहीन, भारत र अमेरिका ओहोरदोहोर गर्दैअख्तियारले पत्रिकामा सूचना जारी गर्ने तयारी गरेपछि बयानमा गएका थिए अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, गच्छदारको पनि सूचना आउने तयारीसुवास भट्ट, रमेश सापकोटा ( नयाँ पत्रिका दैनिक)साउन ४, प्रधानमन्त्रीनिवास बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा सारिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले सबै जिम्मेवारसँग बयान लिइरहेका...
अन्नपूर्ण पोष्ट
साउन ४, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मन्त्रालयको सचिव र विभागीय प्रमुखहरूको सरुवामा कीर्तिमान कायम गरेका छन्। कार्यकाल सम्हालेको १६ महिनामा मन्त्री महासेठले तीन सचिव र आठ विभागीय प्रमुखको सरुवा गरिसकेका छन्। सरकार गठन हुनेबित्तिकै सचिवको सरुवा एकैसाथ मन्त्रिपरिषद्बाट गरिएको थियो। यसका लागि सबै मन्त्रीले आआफ्ना रोजाइका सचिवलाई मन्त्रालयमा ल्याएका थिए। महासेठले तत्कालीन सचिव देवेन्द्र...
कान्तिपुर दैनिक
साउन ५,
काठमाडौँ — बालुवाटारस्थित ललिता निवासको जग्गासम्बन्धी दुइटा मुद्दामा जिल्ला अदालत काठमाडौंले प्रमाण र कागजात नझिकाई गरेका फैसला शंकाको घेरामा परेका छन् । ललिता निवासको २९९ रोपनी सरकारी जग्गाको गैरकानुनी दर्तासम्बन्धी विवाद जोडिएका दुई मुद्दामा अदालतले ‘दाबी नपुग्ने’ ठहर गरेको हो । दुवै मुद्दाको फैसला न्यायाधीश रमेशराज पोखरेलले गरेका हुन् । अधिवक्ता दीपकराज जोशीले दुइटा मुद्दा २०७३ असार १२ गते जिल्ला...
कान्तिपुर दैनिक
साउन ५,
विराटनगर — पहिरोका कारण पहाडी जिल्ला जोड्ने तीन मुख्य राजमार्ग सातादेखि ठप्प छन् । सिद्धिचरण, कोसी र मेची राजमार्गका ठाउँ–ठाउँमा पहिरो खसेको छ । सिद्धिचरण राजमार्गको बेतेनी–घुर्मी खण्डअन्तर्गत उदयपुरको कटारी नगरपालिका–११ स्थित ठाँटीभन्ज्याङमा ‘एलाइनमेन्ट’ नै परिर्वतन गर्नुपर्ने अवस्था भएपछि सञ्चालनमा कठिनाइ भएको छ । पूरै सडक पहिरोले बगाएपछि नयाँ ट्र्याक खोलेर सञ्चालन गर्ने तयारी भइरहेको छ । यो राजमार्ग रोकिँदा सोलु,...
नेपाल समाचारपत्र
साउन ५, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय अभिलेखालय रहेको भवन खाली गर्न ताकेता गरेपछि उक्त अभिलेखालयका बहुमूल्य ऐतिहासिक सामग्रीहरू जोगाउन गम्भीर समस्या परेको छ । उक्त अभिलेखालयको नाममा रहेको १३ रोपनी क्षेत्रफलमा पुरातत्व विभाग र राष्ट्रिय अभिलेखालयको कार्यालय राखिएको छ । वैकल्पिक व्यवस्था नै नभई भवन खाली गर्न पत्र पठाइएपछि अभिलेखालयले तत्काल त्यसको निकास दिनसकेको छैन ।सर्वोच्चले संस्कृति,...
साउन ४,
भक्तपुर । संघीयताको प्रबलीकरण र दिगो विकासमा संचारको भूमिका महत्वपुर्ण रहेकोमा सरोकारवालाले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको आयोजना र जिल्ला समन्वय समिति भक्तपुर,सुर्यबिनायक नगरपालिका र चाँगुनारायण नगरपालिकाको सहयोगमा संचालित एक अन्तरकृया कार्यक्रममा सरोकारवालाले संघीयताको प्रबलीकरण,दिगो विकास र संचार बिषयक अन्तरकृया कार्यक्रममा यस्तो जोड दिएका हुन् ।शुक्रबार र शनिबार दुई दिन धुलिखेलमा आवासीय रुपमा...
साउन ४,काठमाडौं । शरीर बन्धक बनाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं कुलेश्वर बस्ने भारत मोतीहारी घर भएका २३ वर्षीय प्रदिप कुमारलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । भक्तपुर सूर्यविनायक कटुञ्जे बस्ने रौतहटकी १७ वर्षीया किशोरीलाई प्रदिपले शुक्रबार दिउँसो ललाई फकाई, धम्काई जबरजस्ती कुलेश्वयरस्थित आफ्नो कोठामा ल्याई बन्धक बनाई राखेको उजुरीको आधारमा महानगरीय अपराध महाशाखा टेकु तथा महानगरीय प्रहरी वृत्त...
साउन ४,
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोग घुस सहित तीन् जनालाई पक्राउ गरेको छ ।
शुक्रबार भक्तपुरबाट साँझ १४ लाख ६८ हजार घुससहित सिचाइँ कार्यालय दोलखाका प्रमुख र अर्का इन्जिनियर पक्राउ परेको भोलीपल्ट शनिबार बर्दियाबाट तीनजना इन्जिनियर घुससहित समातिएका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कोइरालाका अनुसार शनिबार दिउँसो तीनजना इन्जिनियर १५ लाख रूपैयाँ घुससहित बर्दियामा पक्राउ परेका...










