‘मारुनी’मा रोमान्टिक अवतारमा पुष्प र साम्राज्ञी (भिडियो सहित)

613

साउन ३,
काठमाडौं । फिल्म ‘मारुनी’को दोश्रो गीत सार्वजनिक भएको छ । ‘सक्दिन म बाँच्न’ बोलको गीतमा नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । फिल्म ‘मारुनी’ मा पुष्प र साम्राज्ञीसँगै रेविका गुरुंग, आयुष प्रधान, अर्जुन श्रेष्ठ लगायत कलाकारहरुको अभिनय छ । फिल्ममा समावेश जाम्न माया जाम बोलको गीत रिलिज भैसकेको छ ।

गीतको भिडियो हेर्नुस् :

 

अर्जुन पोखरेलको संगीत रहेको गीतमा मेलिना राईले स्वर दिएकी छन् । शब्द सुरेश वाग्लेको हो । गीतको कोरियोग्राफी विक्रम लामा र एञ्जिला खत्रीले गरेका हुन् । सिनेम्याटोेग्राफी संजय लामाको हो । नवल नेपाल निर्देशित फिल्म मारुनी लाई पुनम गौतम क्षेत्रीले निर्माण गरेकी हुन् । फिल्मको प्रदर्शन मिति भदौ १३ गतेलाई प्रदर्शन मिति तय गरिएको छ ।