भारतको पञ्जावमा २० किलो चामल दिएर पत्नीसँग ‘डिभोर्स’

143

एजेन्सी, साउन ३,
काठमाडौं । सबै धर्ममा विवाहलाई एक पवित्र बन्धन मानिन्छ । तर केही वैवाहिक सम्बन्धहरु खासै टिक्न सक्दैनन् र विवाहित जोडीहरुले सम्बन्ध विच्छेदको बाटो रोज्छन् । सम्बन्धविच्छेद हुँदा अदालतले लोग्नेबाट श्रीमतीलाई अंश तथा मानाचामल भराउने फैसला गर्दछ, सामान्यतया । गुजारा भत्ताको रुप्मा केही पैसा पनि पत्नीलाई अदालतले दिलाइदिन्छ तत्कालका लागि ।

तर भारतको पञ्जाव तथा हरियाणा उच्च अदालतले निकै अनौठो फैसला गरेको छ पछिल्लो पटक । जसको चर्चा अहिले सबैले गरिरहेका छन् । अदालतमा सम्बन्ध विच्छेदको मुद्दा झेलिरहेका एकजना पुरुषले आफ्नो कुनै जागिर नभएको हुनाले डिभोर्स गरिसकेपछि पत्नीलाई गुजारा भत्ताको रुपमा नगद दिन नसक्ने भनी उच्च अदालत समक्ष निवेदन गरेका थिए । तर नगदको साटो दैनिक प्रयोग हुने सामानहरु भने दिनसक्ने उनले बताएका थिए ।

लोग्नेले डिभोर्स गर्ने पत्नीलाई निर्वाह भत्ताको रुपमा नगद दिन नसक्ने र दैनिक उपभोगका चिज भने दिनसक्ने भनेपछि अदालतले यस्तै खालको फैसला गर्यो । जस अनुसार डिभोर्स गरिसकेपछि पूर्व पत्नीलाई मासिक २० किलो चामल, ५ किलो चिनी, ५ किलो दाल, १५किलो गहुँ, २ किलो दुध तथा ५ किलो घिउ दिनुपर्ने दिनुपर्ने भयो । त्यस्तै पूर्व पत्नीलाई हरेक तिन महिनामा तीनवटा कुर्ता सुरुवाल सूट पनि दिनुपर्ने फैसला अदालतले गर्यो ।