भ्रष्टाचार मुद्दा लागेका त्रिवि सेवा आयोगका सदस्यले हाम फालेर गरे आत्महत्या

308

साउन ३,
काठमाडौं । परीक्षार्थीको नम्बर थपघट गरेको आरोप लागेका त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्वकर्मचारी रामबहादुर पाण्डे क्षेत्रीले ६ तलाबाट हाम फालेर आत्महत्या गरेका छन्। काठमाडौंस्थित त्रिपुरेश्वरको एक भवनको छैटौं तलाबाट हाम फालेर पाण्डेले बिहीबार आत्महत्या गरेको महानगरीय प्रहरी कार्यालयका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए।

लमजुङ घर भएका ६७ वर्षीय पाण्डे मुद्दा लागेपछि तनावमा थिए। उनी कानुनी परामर्शका लागि त्रिपुरेश्वरको एक ल फर्म पुगेका बेला हाम फालेर आत्महत्या गरेका हुन्। उनी त्रिवि सेवा आयोगका पूर्वकर्मचारी हुन्। पाण्डेसहित त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्मालगायत १० जनाविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।