Tuesday, July 28, 2026
Home Blog Page 1404
नेपाल समाचारपत्र साउन १४, काठमाडौं । पार्टी एकीकरण भएको ढेड बर्ष अवधिमा जटिल मानिएका सांंगठानिक एकीकरणको काम नेपाल कम्युनिष्ट पार्टीले सम्पन्न गरिसकेको छ । केन्द्रीय सदस्यहरुको कार्य विभाजन, प्रदेश कमिटीको पदाधिकारी, जिल्ला कमिटीको अध्यक्ष र सचिव, जनवर्गीय संगठनको एकीकरणको काम सम्पन्न गरिसकेको छ । एकीकरण अन्तर्गत विभाग र आयोगका प्रमुखहरुको टुंगो लगाउने काममात्र बाँकी रहेको छ । पटक–पटक सांगठानिक...
साउन १३, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्र, टेकुका जनस्वास्थ्य अधिकृत रामअवतार गुप्तालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । गुप्तालाई एक लाख घुस रकमसहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । सेवाग्राहीसँग कमिशन बापत घुस मागिरहेको भन्ने उजुरीको आधारमा आयोगको टोलीले गुप्तालाई बबरमहलस्थित वन विभाग परिसरबाट नियन्त्रणमा लिएको जनाएको छ ।...
साउन १३, काठमाडौं । गत वैशाखमा सञ्चालन गरिएको कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । बोर्डले ९ वटा तहको ग्रेडअनुसार बोर्डले नतिजा सार्वजनिक गरेको छ । प्रकाशित गरिएको नतिजाअनुसार उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना रहेको छ । परीक्षामा जम्मा...
साउन १३, नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा एक जना एक सय ४ बर्षीय जेष्ठ नागरिकले सोमबार विहान घरको चारतला माथिबाट हाम फालेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती ३ थकाली चोक निवासी १ सय ४ बर्षीय बोधिलाल रेग्मीले छिमेकी गोविन्द क्षेत्रको घरको चारतलामाथिबाट हाम फालेर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।उनको घटना स्थलमै...
साउन १३, काठमाडौं । सुशील श्रेष्ठ स्टारर फिल्म ‘लभ डायरिज’ मा समावेश गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरियो । ‘सुन्यौ कि सुनेनौ’ बोलको गीतमा सुगम पोखरेल र स्वेच्छा ठकुरीको स्वर सुन्न सकिन्छ भने अर्जुन पोखरेलको संगीत छ । रोमान्टिक शैलीको गीतको भिडियोमा अभिनेता सुशील श्रेष्ठ र रुविना थापाले कम्मर मर्काएका छन् ।https://www.youtube.com/watch?v=Q5Fzg1w-01E‘लभ डायरिज’...
साउन १३, काठमाडौं । साताको दोस्रो दिन शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से ३ दशमलव १८ अंकले बढेर १,२५५. ९८ को बिन्दुमा कायम भएको छ । उत्पादनमुलक, लाइफ इन्स्योरेन्स र म्युचल फण्ड बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै माइक्रोफाइनान्स २३ अंकले बढेको छ । दिनभरिमा १ सय ६६ वटा कम्पनीको १२ लाख ८ हजार ३...
एजेन्सी, साउन १३, अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतंककारी संगठन बोको हरामले गरेको आक्रमणमा कम्तीमा ५५ जना गाउँलेको मृत्यु भएको छ । बोर्नोका गभर्नर बाबागाना उमारा जुलुमले बोर्नो राज्यको नागान्जाई क्षेत्रका बाडु मलाम क्यारिरी, जावा र लामिसुला बुकार बुलाला गाउँमा बोको हरामले शनिबार बिहानैदेखि आतंकको अवस्था सिर्जना गरेको जानकारी दिए । पीडितसँग भेटघाटपछि संचारकर्मीसँग कुरा गर्दै गभर्नर बाबागानाले...
एजेन्सी, साउन १३, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी डिस्कोभरी च्यानलको चर्चित साहसिक कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’ मा देखिने भएका छन्। मोदीले सोमबार प्रस्तोता बियर ग्रेल्सको कार्यक्रमको ट्रेलर ट्वीटरबाट सार्वजनिक गरेका छन्। मोदी सहभागी भएको उक्त कार्यक्रम १२ अगस्टमा बेलुका ९ बजे डिस्कोभरी च्यानलबाट प्रसारण हुने ग्रेल्सले जानकारी दिएका छन्। भारतमा वातावरणको प्रवर्द्धन र पशुपन्छी संरक्षणका लागि मोदी...
साउन १३, काठमाडौं । नेपाल राष्ट्र बैंकले कृषिमा अनिवार्य १० प्रतिशत लगानी पुर्याउन गरेको अनुरोधलाई नेपालका प्रायःसबै वाणिज्य बैंकले बेवास्ता गरिदिएका छन् । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीतिमा नेपालका वाणिज्य बैंकहरूले कृषिमा गत आवको जेठ मसान्तसम्ममा जम्मा ८.६ प्रतिशत मात्र कर्जा लगानी गरेको उल्लेख छ । साना किसान राष्ट्रिय...
एजेन्सी, साउन १३, काठमाडौं । चीनको गुइझोउ प्रान्तमा गत हप्ता आएको भिषण बाढी र त्यसपछि गएको पहिरोमा परी ज्यान जाने नागरिकको संख्या ३८ पुगेको जनाइएको छ । दक्षिणपश्चिमी चीनको सिचेङ काउन्टीमा गएको सो पहिरोका कारण सोमबार बिहानसम्म पनि १३ व्यक्ति बेपत्ता रहेका छन् ।स्थानीय समयानुसार सोमबार बिहान ११ बजेसम्म उक्त पहिरोबाट ज्यान जाने नागरिकको संख्या ३८ पुगेको स्थानीय अधिकारीहरुले जानकारी...