साउन १३,
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई कालो झन्डा देखाइएको छ। मालपोत कार्यालय साँखुमा निरीक्षणका लागि पुगेकी मन्त्री अर्याललाई केही युवाहरूले कालो झण्डा देखाएका हुन्।सोमबार दिउँसो मन्त्री अर्याल साँखु पुगेकी थिइन्। मालपोत कार्यालय निरीक्षणपछि मन्त्री अर्याल नापी कार्यालय पनि पुगेकी थिइन्। त्यसपछि फर्कने क्रममा अर्याललाई युवाहरूले राजीनामा माग्दै कालो झण्डा देखाएका हुन्।
साउन १३,
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजबाट रु ३६ हजारमै जापान यात्रा तय गर्न सकिने भएको छ । आगामी भदौ १२ देखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्य अभिवृद्धि करसहित रु ३६ हजार ९९९ नयाँ भाडादर निर्धारण गरेको हो । उक्त गन्तव्यमा दुईतर्फी भाडा...
साउन १३,
काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूहले सिद्धिने या नेकपामा समाहित हुने एक विकल्प रोज्नुपर्ने पनि बताएका छन् । विप्लव समूहका रमण घिमिरेसहितका कार्यकर्ताहरुलाई सोमबार पार्टी प्रवेश गराउँदै प्रचण्डले भने, ‘ढिलो छिटो विप्लव पनि यहीँ आउनुपर्छ, कुनै उपाय छैन । या त सिद्धिनपर्छ ।’नेत्रविक्रम चन्द (विप्लव) समूहले थालेको संघर्ष सफल नहुने उनले दाबी गरे ।...
एजेन्सी, साउन १३,
काठमाडौं । मानिसको शरीरमा सधैं बृद्धि भइरहने रहने अंग कलेजो पनि हो। यदि दुर्घटना वा बिरामीको कारणले मानिसको कलेजो दुई तिहाई भाग फ्याँक्नु पर्यो भने पनि चिन्ता गर्नुपर्दैन । त्यो चार हप्ताको समयमा नै फेरि पहिलेकै जस्तो आकारमा बढ्न सक्छ ।यदि एउटा मान्छे ६२ के.जी.को छ भने, उसको शरीरमा भएकोःबोसोबाट ८ वटा साबुन बनाउन सकिन्छ । कार्बोनबाट ९०००...
साउन १३,
काठमाडौं । आफ्ना दुई मुख्य सरकारले माग पूरा नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले आज (सोमबार) पनि संघीय संसदको प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन्। दुई दलका सांसदहरुले कार्यगत एकता गर्दै दिउँसो १ बजेपछि नयाँबानेश्वरमा बसेको प्रतिनिधि सभा बैठकमा अवरोध गरेका हुन्। सभामुख कृष्णबहादुर महराले बैठक सुरु गरेलगत्तै...
साउन १३,
जनकपुर । धनुषाको क्षिरेश्वरमा दुई सवारीसाधन आपसमा ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । क्षिरेश्वर नगरपालिका–४ पलाइ फ्याक्ट्रीस्थित सडकमा दुई सवारी साधन दुर्घटनामा परेको हो ।ना१ज ७०२२ नम्बरको गाडी र ज१ह ४८९६ नम्बरको टेम्पु एक आपसमा ठोक्किएर दुर्घटना हुँदा टेम्पु चालक क्षिरेश्वर नगरपालिका–४ कुमरौल बस्ने २४ वर्षीय रोशन साह, क्षिरेश्वर नगरपालिका–४ बस्ने ७२ वर्षीय रामदेव साह,...
एजेन्सी, साउन १३,
काठमाडौं । भारतीय गायक उदित नारायणले पछिल्लो एक महिनादेखि ज्यान मार्ने धम्की पाइरहेको बताइएको छ । उदितले दुई हप्ताअघि यसबारे पुलिसलाई जानकारी गराएको भारतीय संचार माध्यमले जनाएको छ । उनका अनुसार पछिल्लो एक महिनादेखि कोही व्यक्तिले उनलाई फोनमा क्षती पुर्याउने धम्की दिइरहेका छन् । तर फोन गर्ने व्यक्तिले पैसाको कुनै माग नगरेको बताएका छन् ।यसबारे उजुरी दर्ता...
साउन १३,
काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘गाऊँ फर्क’ अभियान संचालन गर्ने भएको छ। पार्टीको सोमबार काठमाडौंमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले देशभर पार्टीको संगठन निर्माणका लागि ३ महिने ‘गाऊ फर्क’ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। पार्टीको आसन्न महाधिवेशनलाई समेत ध्यानमा राखेर देशभर पार्टीको संगठन निर्माणका लागि ३ महिने गाउ फर्क अभियान संचालन गर्ने निर्णय...
एजेन्सी, साउन १३,
क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यमा एक बन्दुकधारीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार आइतबार साँझ ५ बजेर ४१ मिनेटमा क्यालिफोर्नियाको एक गार्लिक फेस्टिभलमा साँझ बन्दुकधारीले गोली चलाउँदा चार जना मारिएको र १५ जना घाइते भएका प्रहरीले जनाएको छ। मारिनेमध्ये एक जना संदिग्ध बन्दुकधारी पनि छन्।फेस्टिभलमा आएका गायक ज्याक भ्यान ब्रिनले आक्रमणकारीलाई हरियो लुगामा बन्दुक...
एजेन्सी, साउन १३,
काठमाडौं । ढाड दुखाइको समयमा उपचार नगर्ने हो भने यसले ठूलो समस्या पनि निम्त्याउँन सक्छ । यो समस्या विश्वकै एक ठूलो र साझा समस्या हो । बिस्तारै ढाड दुखाईले मानिसलाई ठूलो समस्यासम्म पु-याउन सक्छ । आज ढाड दुखाइको कारण, बच्ने उपाय र सावधानीका बारेमा वरिष्ठ नशा रोग विशेषज्ञ डा. रागेश कर्णले जानकारी गराएका छन् ।यसकारणले दुख्छ ढाड
मांशपेसी...










