नेपाल समाचारपत्र
साउन १४,
काठमाडौं । पार्टी एकीकरण भएको ढेड बर्ष अवधिमा जटिल मानिएका सांंगठानिक एकीकरणको काम नेपाल कम्युनिष्ट पार्टीले सम्पन्न गरिसकेको छ । केन्द्रीय सदस्यहरुको कार्य विभाजन, प्रदेश कमिटीको पदाधिकारी, जिल्ला कमिटीको अध्यक्ष र सचिव, जनवर्गीय संगठनको एकीकरणको काम सम्पन्न गरिसकेको छ । एकीकरण अन्तर्गत विभाग र आयोगका प्रमुखहरुको टुंगो लगाउने काममात्र बाँकी रहेको छ । पटक–पटक सांगठानिक एकीकरणको विवादमा रुमलिदै आएको नेकपा भित्र पूर्व एमाले र पूर्व माओवादी समुहबीच प्रतिष्ठानको विषय समेत बन्नपुगेको छ ।
सांगठानिक एकीकरणको विषयलाई लिएर विवाद उत्कर्ष लामो समयसम्म पनि संवाद नहुने अवस्थाबाट नेकपा गुज्रिदै आएको छ । जटिल मानिएको सांगठानिक एकीकरणको काम सम्पन्न भएर बाँकी एकतालाई पूर्णतादिने अन्तिम तयारीमा पुगेपनि स्कुल विभाग कसले लिने भन्ने विषयलाई प्रतिष्ठा बनाएपछि एक साता अघि नै सम्पन्न हुने एकता प्रक्रिया लम्बिदै गएको छ । नेकपाका नेता भीम रावलले जटिल मानिएका काम सम्पन्न भइसकेको अवस्थामा स्कुल विभागलाई नै लिएर विवाद गर्नुपर्ने आवश्यकता नरहेको बताउनु भयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो–पार्टी एकीकरणको काम अझै बाँकी छन्, तर विभागलाई पूर्णता दिन यति धेरै समय लगाएर विवाद जस्तो नदेखाउदा राम्रो हो ।’