कक्षा १२ को परीक्षाफल प्रकाशित ( यसरी हेर्नुहोस् नतिजा)

556

साउन १३,
काठमाडौं । गत वैशाखमा सञ्चालन गरिएको कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । बोर्डले ९ वटा तहको ग्रेडअनुसार बोर्डले नतिजा सार्वजनिक गरेको छ । प्रकाशित गरिएको नतिजाअनुसार उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना रहेको छ । परीक्षामा जम्मा ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए । जसअन्तर्गत नियमित, ग्रेडवृद्धि र आंशिक तर्फका विद्यार्थीहरु परीक्षामा सहभागी रहेका थिए । प्रकाशित नतिजाअनुसार नियमिततर्फ ३ हजार ६७ जनाले उच्च तहको जीपीए प्राप्त गरेका छन् । नियमिततर्फ २ लाख ९२ हजार १ सय ५३ परीक्षार्थीहरु सहभागी रहेका थिए । त्यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १६ हजार २ सय ४ जना रहेको छ भने ३१ हजार विद्यार्थीले २.८१ देखि ३.२० जीपीए प्राप्त गरेका छन् ।

यसमा संकेत 1 छात्र र संकेत 2 छात्रा हुन्

२.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या ५६ हजार ५ सय ३ जना रहेको छ । २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थी ८६ हजार २ सय २७ जना रहेका छन् । त्यस्तै १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी ६२ हजार ६ सय १९ जना छन् भने १.२१ देखि १.१६० प्राप्त गर्नेको संख्या १९ हजार रहेको छ । त्यस्तै सार्वजजिक नतिजाअनुसार ०.८१ देखि १.२० ल्याउने परीक्षार्थी ३ हजार ५ सय २४ जना छन् । सबैभन्दा कम स्तरको ०.० देखि ०.८० ल्याउने विद्यार्थी १३ हजार ३ सय ६२ जना रहेका छन् ।

परिक्षाफल यसरी हेर्न सकिन्छ ।