साउन १४
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ग्रेडिङ प्रणालीको नतिजा राम्रो आउन समय लाग्ने बताएका छन्। नेपाल पत्रकार महासंघले मंगलबार आयोजना गरेको शिक्षा पत्रकारिता पुरस्कार २०७५ मा बोल्दै मन्त्री पोखरेलले नयाँ प्रणाली लागू भएको २ ३ वर्षमै नतिजा राम्रो आइ नहाल्ने बताए।'२/३ वर्षदेखि ११/१२ को नतिजा हेरेर शिक्षा प्रणालीको आलोचना गरिरहनु भएको छ। यो त १० वर्ष...
साउन १४,
भक्तपुर । भक्तपुरको बोडेमा एक युवक र युवतीको शव भेटिएको छ । बोडेमा कोठागरि बस्ने सिन्धुपाल्चोक जिल्ला बाह्रबिसेका २१ वर्षे जिवन तामाङ्ग र रामेछाप जिल्लाका बेथान घर भई१८ वर्षकी मंगली घिसिङको शव भेटिएको प्रहरीले जानकारी दिएको छ । घर २६ वर्षकी श्रीमती र २ वर्षकी छोरी । २१ वर्षका जिवन तामाङ्गपेशाले सवारी चालकको काम गर्ने गर्दर्थे । जिवनकी...
साउन १४,
काठमाडौँ। मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भागभन्दा दक्षिणतिर अवस्थित रहेकाले मनसुनी गतिविधि कम सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा अहिले नेपालबाट टाढा रहेकाले मनसुन कमजोर रहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले बताउनुभयो । “उक्त प्रणाली विस्तारै नेपालसम्म आइपुग्न अझै तीन– चार दिन लाग्ने भएकाले तत्काल मनसुन पूर्ण सक्रिय हुने अवस्था छैन्”, उहाँले भन्नुभयो...
साउन १४,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा अश्लिल वेबसाइट खोलेको भेटिएको छ। केपी शर्मा ओली डटकम नामको वेबसाइटमा अश्लिल सामाग्री भेटिएको हो। यो वेबसाइट भने प्रधानमन्त्रीको आधिकारिक वेबसाइट होइन। उनको आधिकारिक वेबसाइट केपीशर्मा ओली डटकम डट एनपी हो। प्रधानमन्त्री केपी शर्मा ओली कै आधिकारिक वेबसाइटको नामबाट पछाडी डट एनपी हटाएर मिल्दोजुल्दो वेबसाइट कसले खोल्यो भन्ने खुलेको छैन। वेबसाइट खोल्दा चिनियाँ...
साउन १४,
काठमाडौं । समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीप्रति कडा कटाक्ष गरेका छन्। उनले मंगलबार सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै सत्तारुढ दल नेकपालाई ‘कम्बल ओढेर घ्यू खाने’ पार्टीको संज्ञा दिएका हुन्। उनले नेकपालाई 'डबल' को संज्ञा दिँदै सर्वसहारा पार्टी भन्नै नसकिने तर्क गरेका छन्।'नेकपा डबलले आफूलाई ‘सर्वहारा...
साउन १४,
काठमाडौं । सिकार खेल्न प्रयोग गरिने इजाजतप्राप्त हतियारबाट पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार भएको छ। काठमाडौं-१४ कलंकीस्थित शर्माको घरमा सोमबार राति साढे ८ बजे टुटु राइफलबाट गोली चलेको हो। एकदमै कम दूरीबाट चलेको गोलीले शर्माको घरको तेस्रो तलाको सिसाको झ्याल छेडेको छ। सिसा फुटेर केही चिजभित्र छिरेको आवाज आएपछि पढिरहेकी शर्माकी छोरी आत्तिएकी थिइन्। कोठामा सानो गोली...
बीबीसी, साउन १४,
काठमाडौं । ‘भिडियो–शेयरिङ एप’को रुपमा अत्यन्त लोकप्रिय टिकटकको निर्माता बाइट–डान्सले मोबाइल निर्माणको व्यवसाय सुरु गर्ने घोषणा गरेको छ ।
टिकटक पछिल्लो समय सबैभन्दा तीव्र गतिमा वृद्धि भएको समाजिक सञ्जाल एप हो । हाल यसमा ५० करोड नियमित प्रयोगकर्ता छन् । विश्वभरी टिकटक एक अर्ब पटक डाउनलोड गरिएको विश्वास गरिएको छ ।एपमा प्रयोगकर्ताले १५ सेकेण्डसम्मको भिडियो पोष्ट गर्न सक्छन्...
साउन १४,
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एकै पटक १४ जना कर्मचारीलाई निर्देशकमा बढुवा गरेको छ। १०औं तहमा कार्यरत उच्च तहका कर्मचारीले पेश गरेको कार्यसम्पादन मूल्याङ्कनका आधारमा १४ जना कर्मचारीलाई निर्देशकमा बढुवा गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणले सबैभन्दा धेरै प्राविधिक कर्मचारीबाट ११ जनालाई निर्देशकमा बढुवा गरेको छ। प्रशासन तर्फबाट २ जना र अर्थबाट १ जना कर्मचारीलाई निर्देशकमा बढुवा...
एजेन्सी, साउन १४,
काठमाडौं । कन्नड एक्टर यश स्टारर ‘केजीएफ च्याप्टर १’ फिल्मलाई साउथमा मात्र नभएर संसारभर निकै रुचाइएको थियो । ८० करोडमा निर्माण भएको फिल्मले बक्सअफिसमा जबरजस्त व्यापार गरेको थियो । फिल्मका लेखक तथा निर्देशक प्रशान्त नील हुन् । यसको दोस्रो च्याप्टरको छायांकन सुरु भइसकेको छ । फिल्मको दर्शकमा व्यग्र प्रतिक्षा छ । सम्भवतः यो फिल्म अर्को वर्षको मध्यरतिर...
एजेन्सी, साउन १४,
काठमाडौं । पाकिस्तानी सेनाको एक विमान मंगलबार बिहान रावलपिन्डीको आवासीय इलाकामा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा पाँच चालक दलसहित १७ को मृत्यु भएको छ । मृतकमध्ये १२ सर्वसाधारण पनि रहेको बताइएको छ भने १२ जना घाइते छन् । प्रशासनको अनुसार आवासीय क्षेत्रमा दुर्घटना भएका कारण थप क्षती भएको बताइएको छ । विमानमा लागेको आगोले थुप्रै घरमा क्षती...










