लभ डायरिजको ‘सुन्यौ कि सुनेनौ’ रिलिज (भिडियो)

304

साउन १३,
काठमाडौं । सुशील श्रेष्ठ स्टारर फिल्म ‘लभ डायरिज’ मा समावेश गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरियो । ‘सुन्यौ कि सुनेनौ’ बोलको गीतमा सुगम पोखरेल र स्वेच्छा ठकुरीको स्वर सुन्न सकिन्छ भने अर्जुन पोखरेलको संगीत छ । रोमान्टिक शैलीको गीतको भिडियोमा अभिनेता सुशील श्रेष्ठ र रुविना थापाले कम्मर मर्काएका छन् ।

‘लभ डायरिज’ मा एक प्रेमकथामा आधारित छ । फिल्ममा सञ्जय लामाको छायांकन निर्देशन, कथा र स्किृप्ट मधु बास्तोलाको रहेको छ । यस्तै फिल्ममा विनोद सापकोटाको लगानी रहेको छ । सौरभ चौधरीले निर्देशन गरेको यो फिल्म आउँदो असोज ३ गतेबाट प्रदर्शनमा आउँदैछ ।