घुससहित जनस्वास्थ्य अधिकृत अख्तियारको नियन्त्रणमा

223
सांकेतिक तस्विर

साउन १३,
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्र, टेकुका जनस्वास्थ्य अधिकृत रामअवतार गुप्तालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । गुप्तालाई एक लाख घुस रकमसहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । सेवाग्राहीसँग कमिशन बापत घुस मागिरहेको भन्ने उजुरीको आधारमा आयोगको टोलीले गुप्तालाई बबरमहलस्थित वन विभाग परिसरबाट नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएका गुप्तामाथि थप अनुसअन्धान भैरहेको समेत आयोगले जनाएको छ । -Ratopati