प्रधानमन्त्री वलीको नाममा अश्लिल वेबसाइट !

496

साउन १४,
काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा अश्लिल  वेबसाइट खोलेको भेटिएको छ।  केपी शर्मा ओली डटकम नामको वेबसाइटमा अश्लिल सामाग्री भेटिएको हो। यो वेबसाइट भने प्रधानमन्त्रीको आधिकारिक वेबसाइट होइन। उनको आधिकारिक वेबसाइट केपीशर्मा ओली डटकम डट एनपी हो।   प्रधानमन्त्री केपी शर्मा ओली कै आधिकारिक वेबसाइटको नामबाट पछाडी डट एनपी हटाएर मिल्दोजुल्दो वेबसाइट कसले खोल्यो भन्ने खुलेको छैन। वेबसाइट खोल्दा चिनियाँ भाषामा केही अक्षरहरु देखिन्छन् भने दाहिने पट्टि एक नग्न युवतीको फोटो छ।  प्रधानमन्त्रीको सचिवालयले केपीशर्मा ओली डटकम डटएनपी मात्र आधिकारिक वेबसाइट रहेको जनाएको छ। प्रधानमन्त्रीका आइटीविज्ञ अस्गर अलीले अन्य मिल्दोजुल्दो पेज हेरी भ्रममा नपर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री ज्यूको अाधिकारिक वेब साइट www.kpsharmaoli.com.np हो। यो पेजको नाम सगँ मिल्दो अन्य वेब साइट हेरी प्रधानमन्त्री ज्यूको वेब साइट ह्याक भयो भनेर भ्रममा नपरौं।

Publiée par Asgar Ali sur Lundi 29 juillet 2019