भक्तपुरको थिमीमा युवक र युवतीको शव झुण्डिएको अवस्थामा

176

साउन १४,
भक्तपुर । भक्तपुरको बोडेमा एक युवक र युवतीको शव भेटिएको छ । बोडेमा कोठागरि बस्ने सिन्धुपाल्चोक जिल्ला बाह्रबिसेका २१ वर्षे जिवन तामाङ्ग र रामेछाप जिल्लाका बेथान घर भई१८ वर्षकी मंगली घिसिङको शव भेटिएको प्रहरीले जानकारी दिएको छ । घर २६ वर्षकी श्रीमती र २ वर्षकी छोरी । २१ वर्षका जिवन तामाङ्गपेशाले सवारी चालकको काम गर्ने गर्दर्थे । जिवनकी श्रीमती रितु तामाङ २ वर्षयता कहिले सिन्धुपाल्चोक त कहिले काठमाडौं बस्दै आएकी थिइन् । श्रीमानको व्यवहार ठिक नलागेपछि उनले यहिँ साउन ११ गते महानगरिय प्रहरी वृत्त थिमिमा उजुरी दिइन् । उनले दिएको उजुरीमा भनिएको छ “मेरो श्रीमान अर्की केटीसंग लागेर मलाई बेवस्ता गर्दै आएकाले निजलाई झिकाई आवश्यक कारवाही गरी पाउ ।”

त्यसपछि प्रहरीले जिवनलाई बोलाएर छलफल गरेको थियो । जिवनले प्रहरीसंगको छलफलमा“अब रितुसंग नै बस्छु भन्ने” प्रतिवद्धता समेत व्यक्त गरेका पनि थिए । उनले प्रहरीसंगको छलफलमा श्रीमती रितुलाई आवश्यक काजगपत्र बनाई दिने, रेखदेख गर्ने, खान लगाउन दिनेलगायतका कुरा गर्ने भनेका थिए । प्रहरी वृत्तबाट निस्किएपछि जिवनले श्रीमती रितुलाई १ हजार रुपैयाँ दिएर कोठामा जाउ भन्दै आफुकेही बेरमा आउने बताएको समेत रितुले प्रहरीलाई जानकारी दिएकी छिन् ।

तर मंगलबार बिहान घटनाले अर्कै मोड लियो । जिवन र मंगली घिसिङ्गको शव उनीहरु बस्दै आएको कोठमा फेला परेको छ । बोडेमा कोठागरि बस्ने सिन्धुपाल्चोक जिल्ला बाह्रबिसेका २१ वर्षे जिवन र रामेछाप जिल्लाका बेथान घर भई हाल जिवनसंग बस्दै आएकी १८ वर्षकी मंगलीबीच प्रेम सम्बन्ध भएकाले संगै बस्दै आएको अनुमान गरिएको छ । घरमा श्रीमती हुदाँ हुदैं बाहिर युवतीसंग प्रेम सम्बन्धको बारेमा बाहिर हल्ला भएपछि उनीहरुले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाउँछ ।

महानगरिय प्रहरी बृत्त थिमिका प्रमुख प्रहरी नायव उपरिक्षक शान्तिराज कोइरालाले यो घटनाबारेमा अनुसन्धान भइरहेको बताए । अनुसार जिवनकी श्रीमती रितु तामाङ्गले केही दिन अगाडी आफ्नो श्रीमान अर्को युवतीसंग लागेर आफुलाई बेवस्ता गरेको भन्दै निवेदन दिएकी थिइन् । त्यसपछि प्रहरीले जिवनलाई बोलाएर रितुसंग छलफल गरेको र सोमबार जिवनले अब मंगलीसंग नबस्ने भन्दै प्रतिवद्धता समेत जनाएका थिए ।
प्रहरी बृत्त थिमिका प्रमुख प्रहरी नायव उपरिक्षक कोइरालाले दुई जनाको शव पोस्र्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको र थप अनुसन्धान भईरहेको बताए ।