विद्युत प्राधिकरणका १४ जना कर्मचारी निर्देशकमा बढुवा

186

साउन १४,
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एकै पटक १४ जना कर्मचारीलाई निर्देशकमा बढुवा गरेको छ। १०औं तहमा कार्यरत उच्च तहका कर्मचारीले पेश गरेको कार्यसम्पादन मूल्याङ्कनका आधारमा १४ जना कर्मचारीलाई निर्देशकमा बढुवा गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणले सबैभन्दा धेरै प्राविधिक कर्मचारीबाट ११ जनालाई निर्देशकमा बढुवा गरेको छ। प्रशासन तर्फबाट २ जना र अर्थबाट १ जना कर्मचारीलाई निर्देशकमा बढुवा गरिएको छ।

बढुवा हुने प्राविधिक कर्मचारीहरुमा प्रबल अधिकारी, किरणकुमार श्रेष्ठ, अजयकुमार दाहाल, ज्ञानेन्द्रमान जोशी, शालिग्राम शर्मा आचार्य, शुभाषकुमार मिश्र, रामगोपाल शिवाकोटी, संगीता रायमाझी, सच्चिदानन्द यादव, अनिलमान श्रेष्ठ र मोहनप्रसदा गौतम रहेका छन्। प्रबल अधिकारी विद्युत व्यापार विभागका प्रमुख र प्राधिकरणका प्रवक्ता पनि हुन्। किरणकुमार श्रेष्ठ साञ्जेन जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन्।

त्यसैगरि अजयकुमार दाहाल चमेलिया जलविद्युत आयोजना, शुभाषकुमार मिश्र कुलेखानी ३ र मोहनप्रसाद गौतम माथिल्लो त्रिशुली ३ बीमा कार्यरत छन्। प्रशासनतर्फका कर्मचारीबाट बलराम सिलवाल र शिवकुमार अधिकारी निर्देशकमा बढुवा भएका छन्। अर्थ शाखाका कर्मचारीबाट वीरबहादुर ढुङ्गानाको मात्रै निर्देशकमा बढुवा भएको छ।