साउन २४,
काठमाडौं । काठमाडौंको स्वयम्भुनाथ क्षेत्रमा गोली चलेको छ । महानगरीय अपराध महाशाखाको टोलीले गोली चलाएको बुझिएको छ । महानगरीय अपराध महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० सहकुल थापाले अभियुक्तलाई नियन्त्रणमा गर्ने क्रममा गोली चलाइएको बताए ।प्रहरीको गोली लागेर १ जना घाइते भएका छन् । घाइते हुनेमा लोप्साङ भनिने मिलन लामा छन् । उनी राजधानीमा हुने चोरीका...
साउन २४,
काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइराला घुससहित रंगेहात पक्राउ परेका छन्। कोइरालाले काठमाडौंस्थित एक कलेजका विद्यार्थीहरूको समस्या समाधान गरिदिने भनी सेवाग्राहीबाट ६ लाख ७५ हजारसहित काठमाडौंको शेर्पा मलबाट बिहिबार साँझ अख्तियारको टोलीले पक्राउ गरेको हो। कोइरालालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
साउन २४,
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले दार्चुला जिल्लाको तल्लो चमेलिया जलविद्युत् आयोजनालाई प्रदेश गौरवको आयोजनाका रुपमा निर्माण, सञ्चालन र व्यवस्थापन गर्न पहल थालेको छ। यसका लागि प्रदेश सरकारले सङ्घीय सरकारसँग आयोजनाको निर्माण गरी सञ्चालन र व्यवस्थापनका लागि सहमति माग्ने निर्णय गरिसकेको छ। केही वर्ष अघि निर्माण सम्पन्न चमेलिया जलविद्युत् आयोजनाबाट उत्पादन भइरहेको ३० मेगावाटको विद्युत् शक्ति राष्ट्रिय प्रसारणलाइनमा जोडिएको...
एजेन्सी, साउन २४,
काठमाडौं । सुन्दर र आकर्षक शरीर बनाउन जो कोही रुचाउँछन् । अझ मोडलहरु आफूलाई मोटोपन हुनबाट टाढा राख्न विभिन्न उपाय अपनाइरहेका हुन्छन् । एक भनेजुएलाकी मोडल एलेइरा एजेन्डानोले पनि आफ्नो शरी बनाउन ६ वर्ष मेहनत गरिन् । अहिले उनको शारीरिक बनावट देखेर जो कोही अचम्मित पर्छन् । उनका शरिरका अन्य अंग मोटो भए पनि कम्मर भने निकै...
साउन २४,
धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–३, सलाङघाटस्थित त्रिशूली नदीमा खसेर दुर्घटना भएको बसमा ४५ जना यात्रु सवार रहेको पुष्टि भएको छ । सर्लाहीको मलंगवाबाट काठमाडौंका लागि छुटेको ना ६ ख ७४६९ नम्बरको रात्रिबस शुक्रबार बिहान ३ः३० बजे दुर्घटना भएको थियो । जसमा ३ जनाको मृत्यु भइसकेको छ भने १६ जनाको उद्धार गरिएको छ । दर्जनभन्दा बढी हराइरहेको प्रहरीले...
साउन २३,
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को राजनीतिक प्रतिवेदनमा कांग्रेस प्रतिको धारणामा आपत्ति जनाएको छ । नेकपाले प्रतिवेदनमा इमान्दार दृष्टि नराखि दृष्टिदोष प्रस्तुत गरेको कांग्रेसको भनाइ छ । बिहीवार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाको दृष्टिदोषमाथि दया मात्र रहने भन्दै भने,‘म विनम्र ढंगले दया व्यक्त गर्न...
साउन २३,
काठमाडौं । पर्साको वीरगञ्जमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पुत्ला जलाइएको छ । गत आइतबार प्रचण्डले वीपी राजमार्ग र रामेछापको खाँडादेवी जोड्ने सुनकोसीको खैरेनी घाटमा बनेको पक्की पुल उद्घाटनको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट पनि निकाल्ने आशयको अभिव्यक्ति दिएपछि राष्ट्रिय सरोकार मञ्चले प्रचण्डको पुत्ला दहन गरेको हो ।कार्यक्रममा बोल्दै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका...
बीबीसी, साउन २३,
काठमाडौं । पाकिस्तानमा भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय न्याश्नल अकाउन्टबिलिटी ब्यूरो एनएबीले पाकिस्तान मुस्लिम लिग नवाजकी उपाध्यक्ष मरियम नवाज शरिफलाई पक्राउ गरेको छ। उनी पूर्वप्रधानमन्त्री नवाज शरिफकी छोरी हुन्। एउटा चिनी उद्योगसम्बन्धी मुद्दामा मरियमलाई पक्राउ गरिएको हो।भ्रष्टाचार गरेको आरोप पुष्टि भएपछि जेलजीवन बिताइरहेका आफ्ना बुवा नवाजलाई भेट्न गएको बेला मरियमलाई पक्राउ गरिएको हो। एनएबीले बिहीवार दिउँसो तीन बजेसम्म उपस्थित...
साउन २३,
काठमाडौं । अब १ करोडसम्म बजेट भएका सडक तथा पूर्वाधार निर्माणका योजनामा मेसिन (डोजर) प्रयोग गर्न नपाइने भएको छ । सरकारले सबै स्थानीय तहलाई परिपत्र गर्दै १ करोड रुपैयाँसम्मका योजनामा डोजरको प्रयोग नगर्न निर्देशन जारी गरेको हो । सार्वजनिक क्षेत्रमा रोजगार प्रत्याभूत गर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत जारी निर्देशिकाअनुसार संघ, प्रदेश र स्थानीय सरकार सबैले १ करोडसम्मका आयोजनामा...
साउन २३,
काठमाडौं । सम्पति शुद्धिकरणसँग सम्बन्धित नेपालको मूल्यांकन मिति नजिकिँदै गर्दा अन्तर्राष्ट्रिय निकायले 'आतंककारी कृयाकलाप'का बारेमा गम्भिर प्रश्न सोधेको छ। मुलुकका विभिन्न स्थानमा भइरहेको श्रृंखलावद्ध बम विस्फोटको घट्नालाई लिएर त्यसका लागि आवश्यक पैसाका बारेमा विदेशी निकायले प्रश्न गरेको हो।पछिल्लो केही समयदेखि नेकपा विप्लव समूहले मानवीय क्षति हुने गरेरै मुलुकका विभिन्न स्थानमा श्रृंखलावद्ध बम विस्फोट गर्दै आएको छ। फाइनान्सियल एक्सन...










