पूर्वाञ्जल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

76

साउन २४,
काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइराला घुससहित रंगेहात पक्राउ परेका छन्। कोइरालाले काठमाडौंस्थित एक कलेजका विद्यार्थीहरूको समस्या समाधान गरिदिने भनी सेवाग्राहीबाट ६ लाख ७५ हजारसहित काठमाडौंको शेर्पा मलबाट बिहिबार साँझ अख्तियारको टोलीले पक्राउ गरेको हो। कोइरालालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।