फोटोमा हेर्नुहोस् ६ वर्ष मेहनत गरेर बनाएको २० इन्चको कम्मर

323

एजेन्सी, साउन २४,
काठमाडौं । सुन्दर र आकर्षक शरीर बनाउन जो कोही रुचाउँछन् । अझ मोडलहरु आफूलाई मोटोपन हुनबाट टाढा राख्न विभिन्न उपाय अपनाइरहेका हुन्छन् । एक भनेजुएलाकी मोडल एलेइरा एजेन्डानोले पनि आफ्नो शरी बनाउन ६ वर्ष मेहनत गरिन् । अहिले उनको शारीरिक बनावट देखेर जो कोही अचम्मित पर्छन् । उनका शरिरका अन्य अंग मोटो भए पनि कम्मर भने निकै पातलो छ ।

कम्मर घटाउन उनले ६ बर्षसम्म मेहनत गरेकी हुन् । अन्य युवतीभन्दा फरक देखिन उनको इच्छा थियो । यही इच्छाअनुसार उनले कम्मर घटाउन थालेकी हुन् । उनको कम्मरको साइज २० इन्च छ । कम्मर घटाउनका लागि उनले दैनिक २३ घण्टा कसिलो (टाइट) कपडा लगाउथिन् । साथै उनले २० पटक भन्दा बढी सर्जरी समेत गराएकी छन् ।